Successfully Copied

सुधारिएको प्रदर्शन

भारतमा भएको पछिल्लो सागमा जितेका ३ स्वर्णमध्ये १ नेपालले उसुबाटै प्राप्त गरेको थियो । यी सबै पृष्ठभूमिमा नेपालले यसपल्ट उसुमा सुधारिएको प्रदर्शन गरेर पाँच स्वर्ण जित्न सफल रह्यो । त्यो अर्थमा उसुमा नेपालले अपेक्षित प्रदर्शन गर्न सफल नै रह्यो ।

उसुले दक्षिण एसियाली खेलकुदमा धेरै पछि मात्र प्रवेश पाएको हो, सन् २००६ मा कोलम्बोमा भएको सागयता । त्यस प्रतियोगितापछि नेपालले उसुबाट नियमित जस्तै स्वर्ण पदक जितिरहेको छ । भारतमा भएको पछिल्लो सागमा जितेका ३ स्वर्णमध्ये १ नेपालले उसुबाटै प्राप्त गरेको थियो । यी सबै पृष्ठभूमिमा नेपालले यसपल्ट उसुमा सुधारिएको प्रदर्शन गरेर पाँच स्वर्ण जित्न सफल रह्यो । त्यो अर्थमा उसुमा नेपालले अपेक्षित प्रदर्शन गर्न सफल नै रह्यो ।

विजय सिन्जाली

विजय सिन्जालीले पुरुष थाउलो छानक्वानमा स्वर्ण जिते र यसका लागि तरवारहित गरिने कला प्रदर्शनीमा ९ दशमलव ४८ अंक प्राप्त गरे । उनले पहिलो स्थानका लागि बंगलादेशका मोहम्मद ओमार र श्रीलंकाका भौभ्य प्रभाकरलाई पछाडि छाडेका हुन् । ओमारको ९ दशमलव ३४ अंक रह्यो भने प्रभाकरले ९ दशमलव १३ अंक प्राप्त गरे ।

सुस्मिता तामाङ

नेपाललाई उसुबाट दोस्रो स्वर्ण भित्र्याउने काम सुस्मिता तामाङले गरिन् । उनले महिला थाउलो छानक्वानमा यो प्रदर्शन प्राप्त गरेकी हुन् । सुस्मिताले ९ दशमलव ४४ अंक प्राप्त गरिन् । रजत जितेकी बंगलादेशकी नुर बहार बेगमले ८ दशमलव ५५ अंक जितिन् भने तेस्रो भएकी श्रीलंकाली खेलाडी थाव बाग्सालाको नाममा ७ दशमलव ५३ अंक रह्यो ।

दीपक हमाल

उसुबाट प्राप्त तेस्रो स्वर्ण दीपक हमालको नाममा रह्यो । उनले नानसानको अलराउन्डमा आफ्नो चुनौती पेस गरेका थिए र स्वर्ण जित्ने क्रममा १९ दशमलव ३२ अंकको प्रदर्शन गरे । भारतका साजन लामाले रजत जिते र उनले १९ दशमलव १२ अंक ल्याए । तेस्रो हुने बंगलादेशका मोहमद अमिर हुसेनले भने १७ दशमलव १८ अंक बटुले ।

निमा घर्तीमगर

नेपाली उसुको सबैभन्दा ठूलो नाम हुन्, निमा घर्तीमगर । उनले पछिल्लो सागमा पनि स्वर्ण जितेकी थिइन्, अहिले पनि त्यस्तै प्रदर्शन दोहोर्‍याइन् । महिला थाउलो नान्दोमा उनले १८ दशमलव १९ अंक प्राप्त गरिन् र स्वर्ण जितिन् । उनले त्यसका लागि १६ दशमलव ३ अंक ल्याएकी बंगलादेशकी मोर्जिना अख्तरलाई दोस्रो स्थानमा छाडिन् । तेस्रो हुने श्रीलंकाकी संजु कुमारीले १४ दशमलव ७९ अंक ल्याइन् ।

जुनी राई

उसुमा फाइटबाट एक मात्र स्वर्ण दिलाउने खेलाडी रहिन्, जुनी राई । त्यो अर्थमा उनले उसुमा जितेको स्वर्णको विशेष अर्थ रह्यो । उनले सान्डा सान्सौको ५६ केजी तौल समूहमा श्रीलंकाली खेलाडी मदुमालीलाई सजिलै हराइन् । फाइनलको स्कोर जुनीको पक्षमा २–० रह्यो ।

 Image