महिला फुटबल
भदौ २४ मा सम्पन्न पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २–१ ले विजय भएको थियो
उसुले दक्षिण एसियाली खेलकुदमा धेरै पछि मात्र प्रवेश पाएको हो, सन् २००६ मा कोलम्बोमा भएको सागयता । त्यस प्रतियोगितापछि नेपालले उसुबाट नियमित जस्तै स्वर्ण पदक जितिरहेको छ । भारतमा भएको पछिल्लो सागमा जितेका ३ स्वर्णमध्ये १ नेपालले उसुबाटै प्राप्त गरेको थियो । यी सबै पृष्ठभूमिमा नेपालले यसपल्ट उसुमा सुधारिएको प्रदर्शन गरेर पाँच स्वर्ण जित्न सफल रह्यो । त्यो अर्थमा उसुमा नेपालले अपेक्षित प्रदर्शन गर्न सफल नै रह्यो ।
विजय सिन्जाली
विजय सिन्जालीले पुरुष थाउलो छानक्वानमा स्वर्ण जिते र यसका लागि तरवारहित गरिने कला प्रदर्शनीमा ९ दशमलव ४८ अंक प्राप्त गरे । उनले पहिलो स्थानका लागि बंगलादेशका मोहम्मद ओमार र श्रीलंकाका भौभ्य प्रभाकरलाई पछाडि छाडेका हुन् । ओमारको ९ दशमलव ३४ अंक रह्यो भने प्रभाकरले ९ दशमलव १३ अंक प्राप्त गरे ।
सुस्मिता तामाङ
नेपाललाई उसुबाट दोस्रो स्वर्ण भित्र्याउने काम सुस्मिता तामाङले गरिन् । उनले महिला थाउलो छानक्वानमा यो प्रदर्शन प्राप्त गरेकी हुन् । सुस्मिताले ९ दशमलव ४४ अंक प्राप्त गरिन् । रजत जितेकी बंगलादेशकी नुर बहार बेगमले ८ दशमलव ५५ अंक जितिन् भने तेस्रो भएकी श्रीलंकाली खेलाडी थाव बाग्सालाको नाममा ७ दशमलव ५३ अंक रह्यो ।
दीपक हमाल
उसुबाट प्राप्त तेस्रो स्वर्ण दीपक हमालको नाममा रह्यो । उनले नानसानको अलराउन्डमा आफ्नो चुनौती पेस गरेका थिए र स्वर्ण जित्ने क्रममा १९ दशमलव ३२ अंकको प्रदर्शन गरे । भारतका साजन लामाले रजत जिते र उनले १९ दशमलव १२ अंक ल्याए । तेस्रो हुने बंगलादेशका मोहमद अमिर हुसेनले भने १७ दशमलव १८ अंक बटुले ।
निमा घर्तीमगर
नेपाली उसुको सबैभन्दा ठूलो नाम हुन्, निमा घर्तीमगर । उनले पछिल्लो सागमा पनि स्वर्ण जितेकी थिइन्, अहिले पनि त्यस्तै प्रदर्शन दोहोर्याइन् । महिला थाउलो नान्दोमा उनले १८ दशमलव १९ अंक प्राप्त गरिन् र स्वर्ण जितिन् । उनले त्यसका लागि १६ दशमलव ३ अंक ल्याएकी बंगलादेशकी मोर्जिना अख्तरलाई दोस्रो स्थानमा छाडिन् । तेस्रो हुने श्रीलंकाकी संजु कुमारीले १४ दशमलव ७९ अंक ल्याइन् ।
जुनी राई
उसुमा फाइटबाट एक मात्र स्वर्ण दिलाउने खेलाडी रहिन्, जुनी राई । त्यो अर्थमा उनले उसुमा जितेको स्वर्णको विशेष अर्थ रह्यो । उनले सान्डा सान्सौको ५६ केजी तौल समूहमा श्रीलंकाली खेलाडी मदुमालीलाई सजिलै हराइन् । फाइनलको स्कोर जुनीको पक्षमा २–० रह्यो ।