१२ वर्षअगाडि न्युज एजेन्सी सुरु गर्ने विचार सुनाउ्रँदा कतिपयले कृष्णा (मानषी) पौडेललाई डर देखाउँथे–मिडियामा लगानी गर्नु पागलपन हो । तर उनले आफ्नो आत्मविश्वासलाई पछाडि हट्न दिइनन्, जोखिम मोलेरै सुरुवात गरिन्–न्युज एजेन्सी नेपाल (एनएएन) ।
अहिले करिब ३ सय मिडियास“ग उनी निरन्तर सहकार्यमा छिन् । विश्वसनीय भएकैले मिडियाहरूले शुल्क तिरेर एजेन्सीका समाचार लिइरहेका छन् ।
नेपालमा २०१८ सालमै सरकारी समाचार एजेन्सी राष्ट्रिय समाचार समिति (रासस) खुले पनि निजी क्षेत्रबाट सञ्चालित एजेन्सीका लागि लामै समय कुर्नुप¥यो । त्यसो त तत्कालीन प्रेस कमिसनको प्रतिवेदनका आधारमा २०१६ पुस १ गते नेपाल संवाद समिति (नेसस) स्थापना भएको थियो । नेपालको पत्रकारिता इतिहासमा यही नै पहिलो समाचार समितिका रूपमा चिनिन्छ । त्यसको पा“च महिनामै २०१७ वैशाख ३० मा सगरमाथा संवाद समिति (ससस) स्थापना भयो । तर, २०१७ पुस १ राजा महेन्द्रले दलविहीन पञ्चायती व्यस्था लागू गरेपछि यी दुवै समाचार समितिलाई गाभियो र २०१८ मा स्थापना भयो–रासस ।
राससको लामो विरासतमा कयौं मिडिया हाउस जोडिएका छन् । तर, पछिल्लो समय न्युज एजेन्सी नेपालप्रति पनि त्यस्ता हाउसको सहकार्य थपिएको छ ।
‘मैले कहिल्यै सोचिन“ कि न्युज एजेन्सी नेपालमा चल्नेछ भनेर,’ कृष्णा भन्छिन्, ‘तर चुनौतीपूर्ण संघर्ष, निरन्तरको लगावले हामीलाई धेरैले विश्वास गर्नुभयो ।’ सञ्चारकर्मप्रतिको जिम्मेवारीबोधले निरन्तर अघि बढ्न प्रेरित गरेको उनी बताउ“छिन् ।
सानो लगानीबाट एजेन्सी स्थापना गरे पनि जोखिम उत्तिकै थियो । सुरुका दुई वर्ष उनीसँग निकै सानो टिम थियो । ‘कार्यालय भाडा, रिपोर्टरहरूको नेटवर्क, बुलेटिन तयार पार्ने प्रक्रिया, सबै कुरा मैले आफैं गरें,’ उनी सम्झिन्छिन्, ‘यो निकै कठिन थियो, तर सिक्ने मौका पनि थियो ।’
दुई वर्षपछि एजेन्सी विस्तारको आवश्यकता महसुस भएपछि उनले ऋण लिइन् । टिम थपिन् । देशभरका मात्रै होइन अन्तर्राष्ट्रिय समाचार पनि कभर गर्न थालिन् । यतिबेला एजेन्सीमार्फत देशभर समाचार पुगेको छ । अनलाइन, रेडियो, पत्रपत्रिकामा आफ्नो टिमले उत्पादन गरेका समाचारले ठाउँ पाउन थालेको देख्दा उनलाई आत्मसन्तुष्टि मिल्छ । ‘हाम्रो एजेन्सीले हरेकजसो जिल्लाबाट समाचार संकलन गर्छ । राष्ट्रिय मात्रै होइन अन्तर्राष्ट्रिय सहकार्यसम्म पनि हामी न्युज कभर गर्छौं,’ एजेन्सीको उद्देश्यबारे उनी प्रस्ट्याउँछिन्, ‘हाम्रो सदैव प्रयास नै स्रोत पुष्टि गरेर प्रमाणसहित उच्च गुणस्तरीय सामग्री प्रदान गर्नु हो ।’
राजनीतिक उथलपुथल, महामारी र संकटका समयमा पनि एजेन्सी रोकिएन । कोभिड–१९ को समयमा सानो टिम बनाएर पनि निरन्तर सञ्चालन गरेको उनी बताउँछिन् । उनी आफै भिडियो सम्पादन, स्टोरी लेखन, समन्वय सबै गर्छिन् । ‘समाचारलाई बलियो बनाउनु हाम्रो दायित्व हो, कमजोर समाचारले समाजमा भ्रम सिर्जना गर्न सक्छ,’ कृष्णा भन्छिन्, ‘विश्वास र प्रतिबद्धता नै हाम्रो मूल मर्म हो ।’
एजेन्सीले कहीँ कतैबाट विज्ञापन लिँदैन । अनि स्रोत कसरी जुट्छ त रु उनी भन्छिन्, ‘ग्राहकबाट प्राप्त शुल्क र सेवाबाट मात्र एजेन्सी चलेको छ । यस हिसाबले आर्थिक रूपमा हामीलाई चुनौती पनि छ ।’ संकटपूर्ण दिनहरूले उनलाई जोखिम लिन, परिवार र टिमसँग समन्वय गर्दै अघि बढ्न सिकाएको छ ।
‘मेरो यात्रा व्यक्तिगत सफलतासँग मात्र जोडिएको छैन,’ उनी भन्छिन्, ‘यसले नेपालमा मिडिया उद्यमशीलतालाई अगाडि बढाउन सहयोग पु¥यायो कि भन्ने लाग्छ ।’
आफैसँगको प्रश्न
उनको पत्रकारिता यात्रा चितवन साप्ताहिकबाट सुरु भएको हो । त्यसपछि निरन्तर १२ वर्षसम्म पत्रकारिता नै गरिन् । समयसँगै उनी आफैंसँग प्रश्न गर्थिन्–अब के गर्ने रु नयाँ के गर्न सकिन्छ रु यस्तै सोचले जन्मिएको हो–न्यूज एजेन्सी नेपाल । जसका लागि श्रीमान् सविन धमलाले पनि साथ दिए ।
महिला भएकाले पनि पत्रकारितामा टिक्न उनलाई धेरै चुनौती थियो । समयको अनिश्चितताले घरपरिवार मिलाउन त्यतिबेला निकै सकस परेको उनी सुनाउँछिन् । ‘तर श्रीमान्को साथले अवस्था सहज बन्दै
गयो,’ उनी भन्छिन्, ‘परिवारको समझदारी र सहयोगबिना यो यात्रा सम्भव थिएन ।’ परिवारको साथ पाए महिलाले हरेक क्षेत्रमा सफलता हासिल गर्न सक्ने उनको बुझाइलाई आफ्नै अनुभवले पनि पुष्टि ग¥यो ।
पछिल्लो समय सामाजिक सञ्जालमार्फत फैलिने गरेको मिस–इन्फर्मेसन र डिस–इन्फर्मेसनले पत्रकारितामा चुनौती थपेको बताउ“छिन् उनी । ‘सामाजिक सञ्जाल समाचारको स्रोत हुन सक्छ, तर त्यही नै समाचार होइन,’ उनी भन्छिन्, ‘धेरैले फेसबुक पोस्ट वा युट्युब भिडियो देखेर ‘यो समाचार हो’ भन्छन्, तर प्रक्रिया, प्रमाण, स्रोत नभएको समाचार विश्वसनीय हुन सक्दैन । समाचार पाठकलाई पढाउने मात्र होइन, समाजसँग संवाद गर्ने खालको हुनुपर्छ ।’
समाचार सेवा प्रदायक अन्यको तुलनामा अलि बढी संवेदनशील हुने, औपचारिक देखिने र हल्लाको पछाडी नदौडिने उनी बताउँछिन् । ‘समाचार ढिलो भएको देखाउछ खासमा परिपक्क भएको हुन्छ ।’ उनी भन्छिन् ‘समाचार सेवा प्रदायकको लागि सरकारले नीति र कानून बनाइ दिए समाजमा देखिएको बिकृति हटाउन न्युज एजेन्सीहरूले महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।’