Successfully Copied

के तपाईं यात्रा रुचाउनुहुन्छ ?

संसारमा त्यस्ता मानिस नहोलान्, जसलाई यात्रा मन पर्दैन ।

संसारमा त्यस्ता मानिस नहोलान्, जसलाई यात्रा मन पर्दैन । अझ कतिपय त यस्ता पनि हुन्छन्, जसले घुमफिर गर्नुलाई जीवनको एकमात्र लक्ष्य बनाएका हुन्छन् । कतिपयचाहिँ घुमफिरबाट मात्र अघाउँदैनन्, उनीहरूलाई रोमाञ्चक यात्रा मन पर्छ । आफूलाई कस्तो यात्रा मन पराउनुहुन्छ ? जानौं । 

१. जव साथीले भन्नेछन्, यसपालि छुट्टी बिताउन सात घण्टाको उडान भरिनेछ, तब तपाईंं के गर्नुहुन्छ? 

क. खुसीले उद्वेलित हुनुहुनेछ । 

ख. सुझाव दिनुहुन्छ कि दुई घण्टाको उडान भर्न सकिने गन्तव्य छनौट गरौं । 

ग. घरबाट केवल पाँच घण्टाको दूरीको यात्रा गर्न सुझाव दिनुहुन्छ । 

२. के तपाईंलाई लामो समुद्री यात्राको सोचाइले उत्तेजित बनाउँछ ?

क. कहिल्यै गर्दैन । 

ख. हुन सक्छ, राम्रो लाग्छ । 

ग. धेरै उत्तेजित बनाउँछ । 

३. ट्राभलका लागि कुन शैली मन पराउनुहुन्छ ? 

क. जुन जोसिलो, रोमाञ्चक र बहादुरीले भरिएको हुन्छ । 

ख. जसमा कुनै जोखिम वा खतरा नहोस् । 

ग. जब समय आउँछ, तब हेरौंला । कुनै हतार छैन । 

४. लामो यात्राका लागि कुन साधन मन पर्छ ?

क. एउटा यस्तो आरामदायक शाही सवारी, जसबाट आराम र सुविधाको भरपुर आनन्द लिन सकियोस् । 

ख. कुनै पनि साधन भए हुन्छ ।

ग. एउटा यस्तो गाडी जुन जस्तोसुकै स्थानमा जान सक्छ । 

५. समुन्द्री यात्राको आनन्द लिइरहेका बेला मौसम एकदमै खराब भयो भने कहाँ बस्नुहुन्छ ? 

क. डेकमा ।

ख. आफनो क्याविनमा गएर बस्नुहुन्छ ।

ग. लाउन्जमा पुग्नुहुन्छ । 

६. खराब मौसममा हवाईजहाजमा हुनुहुन्छ ? 

क. बेचैन हुँदै आफ्नो सिटबाट उठ्नुहुन्छ ।

ख. सहज बन्ने प्रयास गर्नुहुन्छ ।

ग. सहज रूपमा परिस्थितिसँग इन्जोय गर्नुहुन्छ । 

७. के कहिल्यै बेलुन राइडमा जान रुचाउनुहुन्छ ? 

क. यदि मौसमको अवस्था ठीक छ भने जान्छु । 

ख. जान्छु, जब  मौसम खुला र हावाको रफ्तार तेज हुन्छ । 

ग. अहँ जान्नँ । 

८. यात्राका क्रममा यदि दुई घण्टा हात्तीको सवारी गर्नुपर्‍यो भने, 

क. तुरुन्त जानुहुन्छ । 

ख. सीमित साधन मात्र मन पराउनुहुन्छ । 

ग. जानुहुन्न । 

९. विदेश यात्राको सबैभन्दा लामो अनुभव कुन मन पराउनुहुन्छ ? 

क. दुई हप्ताको होलिडे प्याकेज । 

ख. एक महिनाभन्दा बढी । 

ग. एक वर्षभन्दा बढी ।

१०. विदेश यात्राका क्रममा त्यहाँको भाषा सिक्न वा परिकार चाख्न, 

क. सधैं तयार रहनुहुन्छ । 

ख. एक पटक प्रयास गर्नुहुन्छ । 

ग. अहँ, गर्नुहुन्न । 

स्कोर

क्रम    क    ख    ग 

१.    १०    ५    ०

२.    ०    ५    १०

३.    १०    ०    ५

४.    ०    १०    ५

५.    १०    ०    ५

६.    ०    ५    १०

७.    ५    १०    ०

८.    १०    ५    ० 

९.    ०    ५    १०

१०.    १०    ५    ०

परिणाम 

७० देखि १०० अंक 

यात्रा तपाईंलाई एकदमै मन पर्छ । सामान कम होस्, आरामदायक जुत्ता होस्, घामबाट बच्नका लागि क्याप होस् अर्थात् यस्तो स्थान होस्, जहाँ जान मान्छे इच्छुक हुन्छ । डर नामको कुनै चीज तपाईंसँग छैन । यो उत्साही भावना लामो समयसम्म कायम रहोस् । 

४० देखि ७० अंक 

तपाईं यात्रा गर्न रुचाउनुहुन्छ तर, जव कुनै खतरा वा समस्या आउँछ तब नर्भस हुनुहुन्छ । यद्यपि यात्रा कसरी गर्ने भन्ने कुुरा तपाईंलाई थाहा छ । परिणम यो हुन्छ कि तपाईंको यात्रा राम्रो र आरामदायक हुन्छ । 

० देखि ४० अंक 

तपाईंका लागि यात्रा गर्नु कुनै डरलाग्दो सपना जस्तै त्रासादीपूर्ण हो । तपाईंमा घरमै आरामसाथ बस्ने बानी छ र यसमा तपाईं कुनै प्रकारको परिवर्तनको इच्छा राख्नुहुन्न । तपाईं यात्राका क्रममा अलग किसिमको साधन प्रयोग गर्नपनि इच्छुक हुनुहुन्न । यदि तपाईं यसमै खुसी हुनुहुन्छ भने, ठीकै छ । यद्यपि जीवनलाई थप रोमाञ्चक र स्मरणीय बनाउन चाहनुहुन्छ भने यात्राको योजना आवश्य बनाउनुहोस् ।

 Image