अनुष्काले जितिन् मल्टिमिडिया अवार्ड
मिस वल्र्ड प्रतियोगिताको यो वर्षको संस्करणमा सहभागी नेपाली चेली अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् । लण्डनमा जारी मिस वल्र्ड प्रतियोगितामा मिस नेपाल अनुष्का श्रेष्ठ शीर्ष ४० मा पर्दै दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ मा पुगेकी थिइन् ।
