Successfully Copied

१३ बर्षीय मोडल अपेक्षा

भविष्यमा अन्तर्राष्ट्रिय क्षेत्रमा मोडलका रूपमा उदाउने उनको सपना छ ।


नेपालको मोडलिङ क्षेत्रमा तेह्र वर्षको उमेरमै अपेक्षा शेरचन स्थापित भएकी छन् ।

 उनले ‘आफ्नो जमिन’, ‘तिम्रै्र माया लाग्छ बरिलै’ ‘भुरभुर चमेरो’ जस्ता गीतमा अभिनय गर्दै आफूलाई अब्बल मोडल बनाइसकेकी छन् ।

एकल मात्र होइन समूहगत रूपमा समेत उनी आफ्नो अभिनयलाई बढाउदै लगेकी छन् । मोडल बन्ने र मोडलिङ गर्ने उनको रहर बाल्यकालदेखिकै हो । ६ वर्षकै छदा उनी युट्युब हेर्दै नृत्य गर्ने र कोरियोग्राफरको काम गर्न थालिन् । ‘सानैदेखि नृत्य गर्ने मेरो रहर हो, त्यसलाई निरन्तरता दिँदै मोडलिङ क्षेत्रमा आएकी हुं’ उनले भनिन् ।

थुप्रै ‘ब्युटी प्याजेन्ट’, ‘स्टेज सो’मा समेत सफलता पाइसकेकी उनी मोडलिङ गर्दै थाइल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय फेसन शोमा समेत सहभागिता जनाइसकेकी छन् । कक्षा ८ मा अध्ययनरत उनी मोडलिङ र पढाइलाई संगसंगैै लग्ने सोचमा छिन् । विद्यालयमा छुट्टी भएको बेला उनी सुटिङका लागि समय निकाल्छिन् ।

घरपरिवारको सहयोगका कारण उनलाई यो क्षेत्रमा आउन सहज भएको छ । सुटिङमा विभिन्न स्थानमा जा“दा उनी आमालाई साथमा लिएर जान्छिन् । उनले भनिन्, ‘मेरो रहर मात्र भएर यो क्षेत्रमा सफल हुन सक्दिन परिवारको सपोर्टका कारणले सहज भएको हो ।’ ‘म्यूजिक भिडियो’ ले उनलाई रहर संगैै अर्थोपार्जन पनि भइरहेको छ ।

भविष्यमा अन्तर्राष्ट्रिय क्षेत्रमा मोडलका रूपमा उदाउने उनको सपना छ । ‘स्वीमिङ’ मा पनि उनको रुचि छ ।

 Image