महिला नेतृत्वलाई विश्वास गर्नुपर्छ -रोशनी अधिकारी
नेतृत्वमा आइसकेका महिलालाई निकै चुनौती छ । कतिपय स्थानमा महिला नेतृत्वलाई खुला हृदयले खुसी भएर स्वीकार गर्ने कुरा विकासकै क्रममा छन् ।

पत्रकार रूपा शर्माले यस वर्षको ‘राष्ट्रिय मिडिया एक्सिलेन्सी अवार्ड’ पाएकी छन् । उनी १९ वर्षदेखि पत्रकारितामा सक्रिय छिन् । मेट्रो एफएममा समाचार सम्पादक, कार्यक्रम निर्माता तथा संचालक र नेपाल टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘आजको चर्चा’ की प्रस्तोताका रूपमा कार्यरत छिन् । सामाजिक रूपान्तरण गरी समतामूलक समाज निर्माणका लागि रूपाले संचालन गर्ने रेडियो र टेलिभिजन कार्यक्रम कोशेढुङ्गा साबित भएको छ ।
नेपालमा मनोरञ्जनको क्षेत्रमा, क्याबिन, डान्सबार, मसाज पार्लरहरूमा १८ वर्षभन्दा कम उमेरका बालिकाको प्रयोग र उनीहरूमाथि हुने यौन हिंसा र आन्तरिक बेचबिखनविरुद्ध उनको अनुसन्धानमूलक आलेखहरू विभिन्न पत्रिकामा प्रकाशित छन् । मनोरञ्जनका क्षेत्रमा १८ वर्षमुनिका बालिकाको प्रयोग बन्द गराउनमा उनको पनि योगदान छ । पत्रकार रूपा कोरियास्थित‘एसियन वुमन व्रिज’ नामक संस्थाको ‘जेन्डर एक्सपर्ट’ पनि हुन् । उनले लै¨िकता र महिला अधिकारका सवालमा प्रशिक्षणसमेत प्रदान गर्छिन् ।
पछिल्लो समय कोरोना संक्रमण र यसले आममानिसमा पारेको मानसिक असरलाई कम गराउन नृत्यको माध्यमबाट उत्प्रेरणा जगाउन उनी देशव्यापी अभियानमा जुटेकी छन् । उक्त अभियानअन्तर्गत विभिन्न संस्थाका आश्रयस्थलमा बसेका बेचबिखनमा परी उद्धार गरिएका, यौन दुव्र्यसनमा परेका किशोर–किशोरी, आमाबुवा, भूकम्पका कारण घरबारविहीन बनेका बालबालिका तथा सीमान्तकृत समुदायहरूको मानसिकता विचलनलाई कम गर्नका लागि योग तथा विभिन्न उत्प्रेरणादायी कार्यक्रम संचालन गरिन्छ ।
‘सिजन मिडिया’ ले प्रदान गरेको अवार्ड शिक्षा विज्ञान तथा प्रविधि मन्त्री माननीय कृष्णगोपाल श्रेष्ठले उनलाई प्रदान गरेका हुन् ।