Successfully Copied

युएन वुमनको टप फाइभमा डा. रुना  

विश्वव्यापी रुपमा महामारी बनेको कोभिड –१९ भाइरसको लडाईंमा दिनरात खटिएकी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झालाई युएन वुमनले सम्मानित गरेको छ । युएन वुमनले कोरोना भाइरसको अग्रपंक्तिमा खटिइरहेका विश्वका ५ महिलाको सूचीमा डा. रुना पनि पर्न सफल भएकी छिन् ।

विश्वव्यापी रुपमा महामारी बनेको कोभिड –१९ भाइरसको लडाईंमा दिनरात खटिएकी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झालाई युएन वुमनले सम्मानित गरेको छ । युएन वुमनले कोरोना भाइरसको अग्रपंक्तिमा खटिइरहेका विश्वका ५ महिलाको सूचीमा डा. रुना पनि पर्न सफल भएकी छिन् ।  डा. झा कोराना भाइरसको लडाईंमा चौबिसै घन्टा लागिपरेकाले सम्मानित गरेको हो ।

उनी चीनको वुहानबाट नेपाल ल्याइएका १ सय ७५ जनाको रेखदेखदेखि हालसम्म नेपालमा कोरोना भाइरसको परीक्षणदेखि पिसिआर ल्याबमा आफ्नो नेतृत्वमा सफलतापूर्वक खटिएकी छिन् । नेपालको कोरोना विरुद्धको लडाईंमा सुरुदेखि नै आफ्नो नेतृत्वमा चुनौतीका बाबजुद काममा दिनरात खटिरहेको र उनको टीमले राम्रो काम गरेकाले विश्वको ५ महिलमा डा. रुनालाई समावेश गरिएको हो । 

आफ्नी सात वर्षीया छोरीलाई आमाबुवाको जिम्मा लगाएर काममा लागिपरेकी डा. रुनाले छोरीलाई अंगालो हाल्न नपाएको महिनौ भयो । अहिलेको विषम परिस्थितिमा छोरी तथा अभिभावकसँग अलग रहेर उनी आफनो कर्ममा दिनरात लागिपरेकी छिन् । यो सम्मानले कोरोना विरुद्ध लागि पर्नका लागि थप हौसला प्राप्त भएको उनले बताइन् । 

 Image