प्रभावशाली गौरिका
पौडी खेलाडी गौरिका सिंह प्रभावशाली युवाहरूको सूची ‘फोर्ब्स थर्टी अन्डर थर्टी एसिया २०२१’ मा परेकी छन् । अमेरिकी पत्रिका‘फोर्ब्स’ले गौरिकालाई ‘इन्टरटेन्मेन्ट एन्ड स्पोर्ट्स’ तर्फ एसियाकै प्रभावशाली ३० युवामा राखेको हो ।
कहिले हार्न नजान्ने धाविका कान्छीमाया कोजूले १३ औं संस्करणको काठमाडौं म्याराथनमा ह्याट्रिक गरिन् । कोजू २ घन्टा ५७ मिनट २७ सेकेन्डमा दूरी पार गर्दै च्याम्पियन बनेकी हुन् । कोजूको यो लगातार तेस्रो उपाधि हो ।
१३ वर्षको उमेरदेखि दौड प्रतियोगितामा भाग लिन थालेकी कान्छीले दौडन थालेको २३ वर्ष भइसकेको छ । खेल जीवनको यो लामो दौडमा उनले १९ वटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छिन् ।
कोजू ४ पटक एसियन गेम र २ पटक साग गेम खेलिसकेकी छिन् । सन् २००४ मा उनले एथेन्स ओलम्पिकमा समेत भाग लिएकी थिइन् ।