नेतृत्वविकास र आयआर्जनमा अनिता
२९ वर्षीया उनी गाउँमै आम्दानीका स्रोतहरूको विकल्पको खोजी गर्ने र सामाजिक काममा रमाउँदै मनग्य आम्दानी गर्छिन् ।
सञ्चारकर्मी आरती लम्साल डा. भीमराव अम्बेडकर एवार्ड २०१९ बाट सम्मानित भएकी छिन् । भारतको राजधानी नयाँ दिल्लीमा आयोजित एक समारोहमा भारतीय अकादमीले डा. अम्बेडकर कलाश्री एवार्डबाट लम्साललाई सम्मान गरेको हो ।
जातीय विभेदको अन्त्य र महिला सशक्तीकरणमा योगदान पुर्याएवापत लम्साललाई सम्मान गरिएको हो । जातीय विभेदलाई चुनौती दिँदै अन्तरजातीय विवाह गरेकी लम्सालले पछिल्लो समय पत्रकारितासँगै विभेदविरूद्धको अभियानसमेत चलाइरहेकी छिन् ।