Successfully Copied

बहुप्रतिभाकी धनी सिर्जु

नेपाली गीत/संगीतका क्षेत्रमा चिनिएको नाम हो– सिर्जु अधिकारी । उनी गीत गाउँछिन् । नेपाली लोक गायनमा उनको राम्रो र फरक परिचय छ । आधुनिक गीत गायनमा पनि आफ्नो नाम लेखाउन सफल अधिकारीले केहि गीतमा संगीत समेत गरेकी छिन् । 

गीत लेखन, गायन र संगीतले मात्रै यिनको परिचय पुरा हुँदैन् । सिर्जु कुशल कलाकार पनि हुन् । उनले थुप्रै म्यूजिक भिडियोहरुमा अभिनय गरेकी छिन् । उनै सिर्जुले यो वर्षको तीजलाई लक्षित गरि सार्वजनिक भएका केहि गीतमा आवाज भर्न तथा अभिनय गर्न भ्याएकी छिन् । 

धेरै गीत मध्ये उनले स्वर दिएको एउटा गीत हो ‘तीजको दर’ बोलको गीत । यो गीतमा सिर्जुले पुराना लोक–गायक बद्री पंगेनीसँग गायनमा सहकार्य गरेकी छिन् । तीजको महिमा समेटिएको सिर्जुको गीतमा परापूर्व कालमा महिलाहरु मनोरञ्जनका लागि आफ्नो परम्परा अनुसार दिदी बहिनी भेला भएर सुख– दुःख साटासाट गर्ने प्रचलनालाई सम्झाउन खोजिएको छ । 

सार्वजनिक गीत रबिन लामिछानेले लेखेका हुन् । गीतमा तिलक ओलीको लय रहेको छ । शंकर बिसीले निर्देशन गरेको गीतको म्यूजिक भिडियोमा शंकर बिसी, सिर्जु अधिकारी, अञ्जली अधिकारी, कल्याणरत्न कार्कीका साथमा गायक बद्री पंगेनीले पनि अभिनय गरेका छन् । दुर्गा पौडेलको छायांकन रहेको गीतको म्यूजिक भिडियोलाई नविन घर्ति मगरले सम्पादन गरेका हुन् ।

गीतको म्यूजिक भिडियो :

 Image