गोल मेसिन सावित्रा भण्डारी
सावित्रा भण्डारीले खेल यात्रा सुरु गरेको धेरै भएको छैन । यद्यपि छोटो अवधिमा उनले यस्तो छलाङ मारेकी छिन्, जसले राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता महिला खेलाडीको चिनारी पाएकी छिन् । खेलमैदानमा भने उनको छुट्टै नाम छ–साम्बा ।
नेपाली मूलकी पाइलट, क्याप्टेन कामना सुवेदी क्यानाडाको आकाशबाट विश्वका विभिन्न ठाउँमा बोइङ उडाइरहेकी छिन् । एकै दिनमा संसारका विभिन्न ठाउँ पुग्ने कामना बिहान न्यूयोर्क, बेलुकी पेरु तथा राति सिकागो गर्दै महिनाको १६ दिन आकाशमा हजारौं माइल दूरी नापिरहेकी हुन्छिन् ।
पोखरामा जन्मिएकी ३२ वर्षीया कामना फ्लाइट डिग्री अध्ययनपछि हाल एयर क्यानाडा एयरफोर्समा कार्यरत छिन् । वार्षिक करोडभन्दा बढी कमाइ गर्ने सुवेदीले प्लस टुसम्मको अध्ययन पोखराबाटै सिध्याएकी हुन् ।