Successfully Copied

गोल मेसिन सावित्रा भण्डारी

सावित्रा भण्डारीले खेल यात्रा सुरु गरेको धेरै भएको छैन । यद्यपि छोटो अवधिमा उनले यस्तो छलाङ मारेकी छिन्, जसले राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता महिला खेलाडीको चिनारी पाएकी छिन् । खेलमैदानमा भने उनको छुट्टै नाम छ–साम्बा ।

सावित्रा भण्डारीले खेल यात्रा सुरु गरेको धेरै भएको छैन । यद्यपि छोटो अवधिमा उनले यस्तो छलाङ मारेकी छिन्, जसले राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ता महिला खेलाडीको चिनारी पाएकी छिन् । खेलमैदानमा भने उनको छुट्टै नाम छ–साम्बा ।

पाँच फिट पाँच इन्च अग्ली सावित्रा नेपाली राष्ट्रिय महिला फुटबलकी अग्रपंक्तिकी खेलाडी हुन् । नेपाली महिला फुटबलकी सर्वाधिक गोलकर्ता सावित्रालाई ‘गोल मेसिन’ को उपमा दिइएको छ । एउटै अन्तर्राष्ट्रिय प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा पनि उनलाई चिनिन्छ । 

सावित्राले भारतमा भइरहेको ‘हिरो इन्डियन वुमन्स लिग’ मा सर्वाधिक गोल गरेर ह्याट्रिक गरेकी छिन् । बेंग्लोर रंगशालामा भएको खेलमा गोकुलमले केन्क्रे एफसीलाई १०–१ ले पराजित गर्दा सावित्राको नाममा पाँच गोल थियो ।

गोकुलम केरला एफसीका लागि उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच पनि भएकी छन् । अर्को खेलमा उडिसा पुलिसविरुद्ध समूह चरणको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिकसहित पाँच गोल गरिन् । गत वर्ष सेथु एफसीबाट भारतीय महिला लिगमा आबद्ध भएकी उनी यसपटक टिम गोकुलमबाट खेल्दैछिन् । उनले गत संस्करणमा १५ गोल गरेकी थिइन् । 

वि.सं. २०७५ सालमा उत्कृष्ट प्रदर्शनी गरेकाले नेपाली खेलकुदमै सर्वाधिक महत्वको पुरस्कार ‘पल्सर स्पोर्टस् अवार्ड’ मा उत्कृष्ट महिला वर्ष खेलाडीको सम्मान पाएकी थिइन् । यसैगरी २०७६ सालमा उनले राष्ट्रपतिको हातबाट जनश्री पञ्चम श्रेणी पदक पनि हासिल गरिसकेकी छिन् । 

 Image