‘आफूलाई निखारिएको परिणाम बगानमा’ -प्रमिला कार्की (नवनायिका)
मैले मेरो पात्रलाई न्याय दिन सक्दो प्रयास गरेकी छु । शतप्रतिशत ‘इफोर्ट’ लगाएकी छु । जति मैले आफूलाई निखारेर आएकी छु त्यसको परिणाम यो चलचित्रमा देख्न पाइन्छ ।
भारतमा भएको २१ औं ‘विश्व भारत्तोलन–२०२०’ खेलमा नेपालकी श्रुति कार्कीले दुई स्वर्ण पदक हात पारेकी छिन् । भारतको महाराष्ट्रस्थित अमरावतीमा भएको खेलमा ५५ केजी तौल समूहको प्रतियोगितामा कार्कीले भारत, पूणेकी मनिकर्णा रायलाई हराएकी थिइन् । नेपालको प्रतिनिधित्व गर्दै फाइनलमा कार्कीले ओभरलमा २ सय ५५ केजी र रायले १ सय ७६ केजी उचालेकी थिइन् । कार्कीको समूहमा ११ जनाबीच प्रतिस्पर्धा भएको थियो । पदक जितेपछि उनले कर्णालीजस्तो पिछडिएको प्रदेशबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर देशको लागि स्वर्ण पदक जित्दा थप ऊर्जा मिलेको बताएकी थिइन् । उनी मिडवर्स्टन फिट्नेस सेन्टरबाट प्रशिक्षित भएकी हुन् । यसअघि राष्ट्रिय प्रतियोगितामा विभिन्न पदक जितिसकेकी उनको जन्मथलो सुर्खेत हो ।