Successfully Copied

साहसी लक्ष्मी

रोमाञ्चक एवं चुनौतीपूर्ण साइकल यात्रा गर्ने लक्ष्मी मगरले गत महिना भारतको उत्तराखण्डमा भएको ‘द अल्टिमेट उत्तराखण्ड हिमालयन एनटिबी च्यालेन्ज’ मा सफलता हात पारेकी छिन् ।

रोमाञ्चक एवं चुनौतीपूर्ण साइकल यात्रा गर्ने लक्ष्मी मगरले गत महिना भारतको उत्तराखण्डमा भएको ‘द अल्टिमेट उत्तराखण्ड हिमालयन एनटिबी च्यालेन्ज’ मा सफलता हात पारेकी छिन् । उत्तराखण्ड टुरिजम तथा साइक्लिङ फेडरेसन अफ इन्डियाले आयोजना गरेको उक्त कार्यक्रममा ७ वटा देशका ८० जना प्रतिस्पर्धीलाई पछि पार्दै लक्ष्मी प्रथम भएकी हुन् । 

मगरले ६ सय ५८ किलो मिटरको पहाडी यात्रा साइकलमा ७ दिनमा पार गरेकी थिइन् । उक्त कार्यक्रममा इन्डोनेसिया, मलेसिया, थाइल्यान्ड, सिंगापुर आदि मुलुकका महिलाहरू सहभागी थिए । 

लक्ष्मीले धेरै पटक साइकलमै 

अप्ठ्यारो पहाडको यात्रा गरिसकेकी छिन् । १० वर्षदेखि चुनौतीपूर्ण क्षेत्रमा महिला सहभागिता बढाउन उदाहरणीय काम गरेकी लक्ष्मीले धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएर सफलता हात पारेकी छिन् । उनले केही महिनाअघि नेपालगन्जमा सम्पन्न राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि प्रथम स्थान हासिल गरेकी थिइन् । 

माउन्टेन बाइक चलाउन राम्रो सीप हुनुपर्ने लक्ष्मीको धारणा छ । विश्वमै महँगो र उच्च स्तरको रोमाञ्चक खेलमध्ये पाँचौं स्थानमा पर्ने अन्नपूर्ण क्षेत्रमा हुने साइक्लिङ प्रतियोगिता ‘याक अटेकमा’ पनि उनी धेरै पटक सहभागी भएकी छिन् । 

 

 Image