जस्मिनको जोश
हालसम्म २ सय भन्दा बढी मुद्धामा सक्रिय रुपमा काम गरेकी जस्मिन आफुले लिएको मुद्धाको दौरानमा जस्तोसुकै परिस्थिती आएपनि केसलाई टुँगोमा नपुर्याइ बिचैमा यत्तिकै छाडेको रेकर्ड नभएको बताउँछिन
अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिताहरुमा नेपाली युवा युवती, बालबालिका तथा विवाहिताहरुको उल्लेख्य उपस्थिति हुँदै गएको छ । केही प्रतियोगिताहरुमा नेपाली सेलिब्रेटी तथा प्रतियोगिताका लागि नेपालका नेसनल निर्देशकहरु पनि निर्णायकका भूमिका देखिंदै आएका छन् ।
यही प्रसंगमा गएको नोभेम्बर ९ तारिखमा मलेशियाको कोता किनाबालुमा संचालन भएको मिष्टर कन्टिनेन्टल इन्टरनेसनल २०१९ नामक अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा पूर्व मिस नेपाल उषा खड्गीले निर्णायकको भूमिका निर्वाह गरेकी छिन् । युवाहरुमा लक्षित यो अन्तर्राष्ट्रिय प्रतियोगितामा डिजाइनर रबिन परियारले तयार पारेको रातो रंगको सुन्दर गाउनमा पूर्व मिस नेपाल उषाले निर्णायकका रुपमा आफ्नो उपस्थिति जनाएकी थिइन् ।
प्रतियोगितामा नेपालका तर्फबाट मिष्टर ग्रेस एसईइ चितवन तथा म्यान अफ नेपाल २०१९ का विजेता बिमल सुवेदीले प्रतिस्पर्धा गरेका थिए । विमलले प्रतियोगितामा मिष्टर कन्टिनेन्टल इन्टरनेसनल टिन २०१९ को उपाधिमा सफलता हात पारेका छन् ।