Successfully Copied

लेखक बन्न धेरै पढ्नुपर्छ

हालसम्म मेरा कथा संग्रह पााच वटा बाल कथा संग्रह एउटा र पाँच वटा नियात्रा संग्रह गरी जम्मा एघार वटा पुस्तक प्रकाशित भइसकेका छन् ।


साहित्यकार इल्या भट्टराई लिखित नियात्राकृति ‘मिसर’ एक समारोहका बीच लोकार्पित भएको छ । अक्षर क्रिएसन्स नेपालले आयोजना गरेको कार्यक्रममा वक्ताहरू जय छाङ्छा, डा. गीता त्रिपाठी र नियात्राकार भट्टराईले कृति सामूहिक रूपमा सार्वजनिक गरेका हुन् । उनै साहित्यकार इल्यासाग उनका लेखनीका बारेमा गरिएको संवाद 

अहिलेसम्म कतिवटा पुस्तक प्रकाशन भए?
हालसम्म मेरा कथा संग्रह पााच वटा, बाल कथा संग्रह एउटा र पाँच वटा नियात्रा संग्रह गरी जम्मा एघार वटा पुस्तक प्रकाशित भइसकेका छन् ।

नियात्रा नै लेख्न किन रुचि भयो ?

म कथा लेख्न पनि उत्तिकै रुचि राख्छु भन्ने तथ्य मेरो पााचवटा कथा संग्रह प्रकाशित भएबाट थाहा हुन्छ । त्यसबाहेक मेरो भ्रमण गर्नेचाहनाले मलाई यात्रा साहित्य पढ्न रुचि जगायो । यात्रा साहित्यले आपूm पुग्न नसकेका ठाउँमा पनि आपूmलाई पु¥याइदिने हुनाले मलाई यात्रा साहित्य पढ्ने बनायो । त्यही अभिरुचिले मलाई नियात्रा लेखनतिर तान्यो । आपूmले गरेका यात्राका आनन्ददायी सम्झना स्मृतिपटलमा आउादा मैले अनायासै आपूmले गरेको एउटा यात्रालाई निजात्मक अनुभूतिसहित लेखेकी थिए । मेरो पहिलो त्यही नियात्रा नै पाठकहरूले पढेर मन पराएकाले मेरो नियात्रा लेखनप्रति रुचि बसेको हो ।

अरु विधाभन्दा नियात्रा लेख्न सहज हो?

एक हिसाबले त नियात्रा लेखन निकै सजिलो हो । किनभने आख्यानमा जस्तो समाजको कुनै विषयवस्तुले आपूm छोइनु पर्दैन । आफ्नो मनमस्तिष्क विचलनमा पर्नु पर्दैन । नियात्रा लेखनको जग लेखक आपूmले गरेको यात्राले नै बसालिसक्छ । तर यो लेखन उत्तिकै चुनौतीपूर्ण र जोखिमपूर्ण पनि हुन्छ । आपूmले गरेका ती ठाउँको यात्रा अरूले पनि गरेका हुन्छन् । अहिले त अझ गुगलले सबै कुरा बताएको हुन्छ । त्यसैले नियात्रा लेखन विश्वसनीय हुनैपर्छ । त्यसैगरी त्यसले आपूmले गरेका यात्राका ठाउँ का बारेमा सही विवरण दिएकै हुनुपर्छ । त्यसबाहेक पाठकको मन तान्न सफल हुने गरी लेख्नुपर्छ । साथै ती ठाउँको बयान र आफ्नो निजात्मक अनुभूतिको कलात्मक अभिव्यक्ति हुनुपर्छ ।

लेखक बन्न के–के गुण आवश्यक हुन्छ ?

यो त जन्मदै लिएर आएको गुण पो हो कि ? साथै राम्रो लेखक बन्नलाई धेरै पढ्नु आवश्यक हुन्छ । धेरै पठनले आफ्नो शैली रोचक र मनमोहक बनाउन मद्दत गर्छ । तर रामायणका लेखक बाल्मीकिले कसलाई पढेका थिए र ? वेदव्यासले पनि आपूmले जन्मदै लिएर आएको गुणले नै महाभारतको रचना गरेका थिए ।

लेखनमा के–कस्ता घटनाले अभिप्रेरित गर्छन्?

समाजमा घटेका विभिन्न घटनाले लेखकको मनलाई स्पर्श गर्छ । त्यो विषय उसको मनमा गडेर बस्छ । उसको मन विचलित हुन्छ । उसले त्यो विषयलाई मन्थन गर्छ । मनको त्यो विचलनलाई निकास दिन उसले कथा, कविता, उपन्यास वा निबन्ध लेख्छ । तर नियात्रा लेखन एकप्रकारको आनन्दको पुनरावृत्ति हो । यात्रा जतिसुकै कष्टकर भए पनि पछि सम्झनामा आउ“दा त्यो रोचक र सुखदायी हुन्छ । त्यही सुखको पुनः गरिएको सम्झनाले नै नियात्रा लेख्न अभिप्रेरित गर्छ ।

कस्ता पुस्तक पढ्न मन लाग्छ ?

कथा, उपन्यास,समसामयिक विषयमा लेखिएका पुस्तक वा नियात्रा पुस्तक पढ्न रुचाउँछु ।

सोसल मिडियाका कारणले पुस्तक पढ्ने पाठक कम भएका हुन्?

त्यो त पक्कै हो । मैले आफ्नो वरिपरि नियाल्दा नै पनि युवा पुस्ताको हातमा पुस्तक कम हुँदै गएको देखिरहेकी छु । अहिलेको युवा पुस्तालाई समय छैन । बरु दौडादौडको बीचमा पनि अडियोमार्पmत पुस्तक पढ्ने र अन्य जानकारी लिने गरेको देखिरहेकी छु । तर पनि पाठकको मन तान्ने खुबी भएका पुस्तकले बजार पाएका छन् । ह्यारी पोर्टर बालखदेखि युवा वर्गसम्म सबैबीच लोकप्रिय भएकै थियो । हालै विश्व बजारमा आएको स्पेयर नामक पुस्तकको बिक्री पनि धेरै भएको पढेकी छु । विषयवस्तु राम्रो भए पाठकहरूले पुस्तक पढ्छन् ।

भविष्यको योजना के छ ?

लेखनमा नै आनन्द लाग्छ । त्यसैले केही न केही त लेखिरहन्छु । मेरो कम्प्युटरमा केही अधूरा नियात्राहरू छन्, तिनलाई पूरा गर्नु छ । त्यसबाहेक मेरो जीवनमा आइलागेको विषम परिस्थितिको संस्मरण पनि लेखिरहेकी छु । त्यसलाई पनि पूरा गर्नेछु ।

 Image