Successfully Copied

चितवनका महिला पत्रकारको स्तन क्यान्सरको निःशुल्क परीक्षण

महिला पत्रकारहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्ने कार्यक्रमबाट जिल्लाका ३६ जना महिला पत्रकारहरु लाभान्वित भएको महासंघ चितवन शाखाको उपाध्यक्ष एवम् महिला विभाग प्रमुख शान्ता अधिकारीले जानकारी दिइन् ।

 नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना एवम् चितवन मेडिकल कलेज (सिएमसी)को सहयोगमा जिल्लामा क्रियाशिल महिला पत्रकाहरुको स्तन क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ । 

महिला पत्रकारहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्ने कार्यक्रमबाट जिल्लाका ३६ जना महिला पत्रकारहरु लाभान्वित भएको महासंघ चितवन शाखाको उपाध्यक्ष एवम् महिला विभाग प्रमुख शान्ता अधिकारीले जानकारी दिइन् । 

केहि पत्रकारहरुको आवश्यकता अनुसार स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम समेत गरिएको उनले बताइन् । स्तन क्यान्सरको उपचार गर्न शल्यक्रिया गर्नुपरेमा सिएमसीले ५० प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सकहरुले स्तन क्यान्सरको कारण, लक्षण र बच्ने उपायबारे जानकारी दिएका थिए । 

अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना फैलाउने महिनाको रुपमा मनाउने क्रममा महिला पत्रकारहरुको निःशुल्क स्तन क्यान्सर परीक्षण गरिएको सिएमसीका सिईओ प्रताप देवकोटाले जानकारी दिए । क्यान्सर रोग विशेषज्ञ डा सुदिप थापाले स्तन क्यान्सर लाग्दैमा विरामीको मृत्यु नहुने बताए ।

 छिटो पहिचान भएमा स्तन क्यान्सर निको हुने उनले जानकारी दिए । समयमै परीक्षण नगराउँदा नेपालमा धेरै क्यान्सर देखिनेमा स्तन क्यान्सर दोस्रो नम्बरमा आएको छ । स्तन क्यान्सरको स्क्रिनिङ गर्नुपर्छ भन्ने सोच बढ्दै जाँदा विरामीको संख्या पनि थपिँदै गएको उनी बताउँछन् ।

 Image