दाँत प्रत्यारोपणमा अत्याधुनिक उपकरण र उपचार (भिडियो सहित)
यो जरा हड्डीको सहायतामा बस्छ र हड्डीसँग ‘इन्ट्रिग्रेट’ हुन्छ । यसलाई ‘ओसियो इन्ट्रिग्रेसन’ भनिन्छ । यो प्रक्रिया तीनदेखि छ महिनासम्मको हुन्छ । इन्ट्रिग्रेसन भइसकेपछि त्यसमा क्याप हालिन्छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाको आयोजना एवम् चितवन मेडिकल कलेज (सिएमसी)को सहयोगमा जिल्लामा क्रियाशिल महिला पत्रकाहरुको स्तन क्यान्सरको निःशुल्क परीक्षण गरिएको छ ।
महिला पत्रकारहरुको स्तन क्यान्सर स्क्रिनिङ गर्ने कार्यक्रमबाट जिल्लाका ३६ जना महिला पत्रकारहरु लाभान्वित भएको महासंघ चितवन शाखाको उपाध्यक्ष एवम् महिला विभाग प्रमुख शान्ता अधिकारीले जानकारी दिइन् ।
केहि पत्रकारहरुको आवश्यकता अनुसार स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम समेत गरिएको उनले बताइन् । स्तन क्यान्सरको उपचार गर्न शल्यक्रिया गर्नुपरेमा सिएमसीले ५० प्रतिशत छुट दिने घोषणा समेत गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा चिकित्सकहरुले स्तन क्यान्सरको कारण, लक्षण र बच्ने उपायबारे जानकारी दिएका थिए ।
अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना फैलाउने महिनाको रुपमा मनाउने क्रममा महिला पत्रकारहरुको निःशुल्क स्तन क्यान्सर परीक्षण गरिएको सिएमसीका सिईओ प्रताप देवकोटाले जानकारी दिए । क्यान्सर रोग विशेषज्ञ डा सुदिप थापाले स्तन क्यान्सर लाग्दैमा विरामीको मृत्यु नहुने बताए ।
छिटो पहिचान भएमा स्तन क्यान्सर निको हुने उनले जानकारी दिए । समयमै परीक्षण नगराउँदा नेपालमा धेरै क्यान्सर देखिनेमा स्तन क्यान्सर दोस्रो नम्बरमा आएको छ । स्तन क्यान्सरको स्क्रिनिङ गर्नुपर्छ भन्ने सोच बढ्दै जाँदा विरामीको संख्या पनि थपिँदै गएको उनी बताउँछन् ।