समाजसेवा र राजनीतिमा रुची राख्ने अनिता
अनिता यादव द मिसेस नेसनल–२०१८ विजेता हुन् । मोडलिङबाटै करियर सुरु गरेकी उनले राष्ट्र र समाजका लागि उदाहरणीय पात्र बन्ने सोच छ । उनले घडी, सनग्लास आदि थुप्रै विज्ञापनमा काम गरेकी छन् ।
बिमा क्षेत्रमा प्रथम कार्यकारी अधिकृत महिला बन्न सफल भएकी छन् । उपासना पौडेल युनाइटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त भएकी हुन् । योस“गै उनी बिमा क्षेत्रकै सबैभन्दा कान्छी सिइओसमेत बनेकी छन् । उनलाई कम्पनीले आगामी चार वर्षका लागि नियुक्त गरेको हो ।
उपासनाले भारतको दिल्ली विश्वविद्यालयबाट एमबीए गरेकी छन् । भारतकै आईसीआईसीआई लोम्बार्ड इन्स्योरेन्स र भारती एक्सामा दशकभन्दा बढी समय उनले काम गरेकी छन् । सानिमा जनरल इन्स्योरेन्सको सहायक महाप्रबन्धकमा डेढ वर्ष काम गरेकी उनी यसअघि युनाइटेडको निमित्त सीइओका रूपमा कार्यरत थिइन् ।