महिनाबारी हुँदा किताब छुँदा पाप लाग्छ भन्ने मान्यता भएका बेला आमाले किताब पढिनस् भनेचाहिँ तेरो भविष्य बिग्रिन्छ भन्नुहुन्थ्यो : विमला राई पौड्याल
जहाँजहाँ छात्रवृत्ति थियो, त्यहाँ मरेर पढेँ । मैले पीएचडी गरेँ, अहिलेसम्म फी तिर्नुपर्या छैन ।
अमेरिकाको फर्च्युन म्यागजिनले यो वर्ष घोषणा गरेको विश्वका ५० जना महिला नेतृत्वकर्ताको सूचीमा मानव बेचबिखनविरुद्धकी अभियन्ता सुनीता दनुवार पनि समावेश छिन् । मानव बिचेबिखनबाट प्रभावित महिलाहरूको अगुवाइमा स्थापित शक्ति समूहकी अध्यक्ष दनुवार विश्वका ५० विशेष नेतृत्वकर्ता (नेता) मा परेकी हुन् ।
अमेरिकाको प्रख्यात पत्रिका ‘फर्च्युन म्यागजिन’ ले विश्वका ५० नेतृत्वकर्ताको सूचीमा उनलाई ३६ औं नम्बरमा राखेको छ । मानव बेचबिखनविरुद्ध गरेको सशक्त कामले दनुवारलाई यो सूचीमा पारेको म्यागजिनले जनाएको छ ।
१४ वर्षको उमेरमा भारतको वेश्यालयमा बेचिएकी दनुवार ६ महिनापछि त्यहाँबाट मुक्त हुन सफल भएकी थिइन् । शक्ति समूहले अहिलेसम्म बेचिएका २० हजारभन्दा बढी महिलाको उद्धारमा सघाएको म्यागजिनमा उल्लेख छ ।