न्यायका लागि रबिनाको पहल
मानवअधिकार, लैंगिक समता, शान्ति र न्यायमा सबैको पहुँच, विधिको शासनलगायतका विषयमा नीति तथा कार्यक्रम तर्जुमा गर्ने, सरकार, सर्वोच्च अदातल, सुरक्षा निकायसँगको सहकार्यमा लोकतन्त्रलाई बलियो बनाउने काममा व्यस्त छु ।

नेपाल स्रष्टा समाजले २०७६ सालको दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान सुदूरपश्चिमकी लोक गायिका डिक्रा वादीलाई प्रदान गर्ने भएको छ ।
बाजुरामा जन्म भई कञ्चनपुरमा बसोबास गर्दै आएकी डिक्रा बादी, देउडा गीतकी प्रसिद्ध गायिका, संस्कृतिकर्मी तथा नेपालका बादी समुदायलाई सामाजिक रूपान्तरणका लागि अभियन्ताको कार्य गर्दै आएकी छिन ।
स्रष्टा समाजको गत चैत्र ८ गते बसेको बैठकले महिला अधिकारकर्मी तथा लेखक दुर्गा घिमिरेको संयोजकत्वमा गठित सिफारिस समितिले डिक्रा वादीको नाम सिफारिस गरेको हो । समाजमा प्राप्त दर्जनौँ नामहरूमध्ये सिफारिस समितिले छानबिन गरी डिक्रा वादीको नाम सिफारिस गरेको जानकारी गराइएको छ ।
सम्मान पत्र र एघार हजार एक सय एघार रुपैयाँ नगद राशिसहितको यो सम्मान दमन्ता खनालको जन्मजयन्तीका अवसरमा वैशाख ९ गते प्रदान गरिने छ । यो सम्मान गत वर्ष २०७५ का लागि सिर्जना शर्मालाई प्रदान गरिएको थियो ।
दमन्ता खनाल स्मृति नारी स्रष्टा सम्मान पुष्पा खनालले आफ्नी माताको स्मृतिमा स्थापना गरेकी हुन् ।