Successfully Copied

कतारमा सोविताको वराङ्गना

वराङ्गना उपन्यास संगै अहिले चर्चामा रहेकी लेखिका तथा नायिका सोविता सिंखडाले कतारमा रहेका नेपाली साहित्य अनुरागीहरु संग साक्षत्कार एबं अन्तरक्रिया गरेकी छन । 

वराङ्गना उपन्यास संगै अहिले चर्चामा रहेकी लेखिका तथा नायिका सोविता सिंखडाले कतारमा रहेका नेपाली साहित्य अनुरागीहरु संग साक्षत्कार एबं अन्तरक्रिया गरेकी छन । 

परम्परागत कार्यकमहरु भन्दा भिन्न फुल, माला, खादा, आसन र भाषण रहित बिशुद्द साहित्यीक अन्तरक्रियामा सहभागी साहित्य अनुरागीहरुले उपन्यास लेखन र चलचित्रमा अभिनय गर्दाको भिन्नता, उपन्यासमा उठाइको पात्र र समुदाय, अध्यात्म, अभिनय र साहित्य लगायतका बिबिध बिषयमा सिंखडासंग जिज्ञासा राखेका थिए । 

अभिनेत्री एबं उपन्यासकार सिम्खडाले आफुले बच्चै देखि जुन समुदाय र पात्रको नजिक हुर्किएको हो उसैलाई उपन्यासको पात्र बनाएकैले वराङ्गना उपन्यास  जिबन्त बनेको र आफुले पाठकहरुबाट धरैनै राम्रो प्रतिक्रियाहरु पाईरहेको बताइन । अहिले आफु पुर्णरुपमा साहित्य लेखन र अध्यनमा होमिएकोले अफर आएपनि अभिनयलाई केहि परै राखेको जानकारी गराईन । 

हुनत कथाको पात्रमा आफुलाई ढालेर गर्नुपर्नै र आफ्नो मौलिक स्वतन्त्रता नहुने भएपनि अभिनय मार्फत देश र समाजलाई राम्रो सन्देश दिन त सकिन्छ तर  उनले अभिनयमा कथाको जन्जीरमा बांधिएर गर्नुपर्नै भन्दै लेखनमा खुल्ला आकाशमा उड्न पाइने भएकोले आफुलाई अहिले स्वतन्त्रताको मोहले तानेको उनले बताईन । 

ध्यान, योग र साधनामा समेत सक्रिय उनले हेर्ने आंखा र सन्तुष्टि लिन सक्ने मन भए सारा जगत नै सुन्दर हुने भएकोले आफु धन आर्जन गर्ने भन्दा पनि  सुखी र खुसी रहने मार्ग तर्फ  आफु लागेको भन्दै  आफ्नो काम र कमाईबाट सन्तष्ट रहि तनाब र चिन्ताबाट मुक्त रहन सहभागी सबैसंग आग्रह गरिन ।

ं अन्तरक्रिया संगै राखिएको हस्ताक्षर कार्यकमले सहभागीमा थप उत्साह थपेको थियो , सहभागी सबैले सिंखडाको कृती  वराङ्गना लेखककै  हस्ताक्षरमा पाउदा हर्ष लागेको बताए । कतारका नेपालीले आफनो उपन्यासलाई दिएको माया र पतिकृयाले आफुलाई थप उर्जा मिलेको सोविताले बताइन । 

 

  कतारमा हुने हरेक कार्यक्रममा  अतिथी, प्रमुख अतिथी, सभापती, संघ संस्थाका प्रतिनिधीहरु लगायतको नाममा हुने आसन ग्रहण, सम्मान , माला र खादाको चलनबाट वाक्क भएका सहभागीहरुले यस प्रकारको कार्यक्रमबाट आफुहरु उत्साहित भएको बताएका छन । उनिहरुले अब हुने साहित्यीक कार्यक्रमहरुमा फनि रचना बाचनका अलावा सर्जकसंग यस्तै अन्तरक्रिया कार्यत्रम गर्नुपर्ने आवाज उठाउन थालेका छन  ।

 

 

 Image