पदमाको पहल: स्वतन्त्र तथा स्वयत्त शिक्षामा जोड
यही चैत्र ८ हुने भनिएको त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचनमा पहिलो पटक स्याङ्जामा जन्मिएकी पदमा भुसाल स्वतन्त्र रुपमा महिला सभापतिको उम्मेदवार बनेकी हुन ।
मिसेज नेपाल युनिभर्स–२०१८ मनीषा डंगोल श्रेष्ठलाई द वुमन इन्टरप्रेनर, एक्सिलेन्स एवार्ड–२०१९ प्रदान गरिएको छ । हालै दुबईस्थित दुबई क्राउन प्लाजामा संचालित ग्लोबल माइलस्टोन एवार्डमा मनीषाले उक्त सम्मान प्राप्त गरेकी हुन् ।
यो एवार्ड ग्लोबल माइलस्टोन अवार्ड काउन्सिलले हरेक वर्ष वितरण गर्दै आएको छ । विभिन्न क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गर्ने व्यक्तिहरूलाई उनीहरूको उपलब्धि एवं योगदानको उच्च कदर गर्दै आफ्नो क्षेत्रमा अझ बढी प्रभावकारी रूपमा प्रस्तुत हुन थप प्रोत्साहन मिलोस् भन्ने हेतुले यो एवार्ड प्रदान गरिन्छ । लन्डन बस्दै आएकी मनीषा त्यहाँकै लन्डन फेसन हाउसकी संचालिका हुन् ।