छोरीहरूलाई उद्यममा लगानी खोज्न गाह्रो छ : अध्यक्ष खत्री
'एउटै घरमा छोराले उद्यम सुरु गर्छु भन्दा कति पैसा चाहिन्छ भन्ने सोध्ने अभिभावकले छोरीलाई त्यस्तो व्यवहार गर्दैनन् ।'
वर्षको उत्कृष्ट सार्क महिला उद्यमी छनोट गर्ने प्रक्रियाअन्तर्गत नेपालबाट नेपाल नटक्राफ्ट सेन्टरकी अध्यक्ष श्यामवदन श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
सार्क चेम्बर महिला उद्यमी परिषद् नेपाल (एससीडब्लूसी) आयोजनामा सञ्चालित प्रतिस्पर्धात्मक कार्यक्रममा उत्कृष्ट नेपाली महिला उद्यमीको अवार्ड श्यामवदनलाई प्रदान गरिएको हो ।
विजेता श्रेष्ठ २०७५ फागुन १८ गते श्रीलंकाको कोलोम्बोमा हुने उत्कृष्ट सार्क महिला उद्यमी पुरस्कार–२०१८ कार्यक्रममा सहभागी हुनेछिन् ।