एक्सलेन्ट तृष्णा
फेसन डिजाइनिङको क्षेत्रमा एक दशकभन्दा बढी समय बिताएकी तृष्णा गुरुङ इजिप्टको एलेक्जेन्ड्रमा सम्पन्न एक्सलेन्ट अवार्डबाट सम्मानित भएकी छिन् ।

वर्षको उत्कृष्ट सार्क महिला उद्यमी छनोट गर्ने प्रक्रियाअन्तर्गत नेपालबाट नेपाल नटक्राफ्ट सेन्टरकी अध्यक्ष श्यामवदन श्रेष्ठले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
सार्क चेम्बर महिला उद्यमी परिषद् नेपाल (एससीडब्लूसी) आयोजनामा सञ्चालित प्रतिस्पर्धात्मक कार्यक्रममा उत्कृष्ट नेपाली महिला उद्यमीको अवार्ड श्यामवदनलाई प्रदान गरिएको हो ।
विजेता श्रेष्ठ २०७५ फागुन १८ गते श्रीलंकाको कोलोम्बोमा हुने उत्कृष्ट सार्क महिला उद्यमी पुरस्कार–२०१८ कार्यक्रममा सहभागी हुनेछिन् ।