‘चेस इज द बेस्ट’
चेससम्बन्धीसैद्धान्तिक र व्यावहारिक ज्ञान दिइन्छ । लेभल टेस्ट गरेर भर्ना लिन्छौं । यहाँ १२ हप्ताको सुरुवाती, १४ हप्ताको एड्भान्स सुरुवाती, १६ हप्ताको इन्टरमिडियट र १८ हप्ताको एडभान्स कोर्स छन् ।

समयको कमी, बढ्दो व्यावसायिक जीवन, व्यस्त दिनचर्या अनि सहरी प्रदूषण । यस्ता विविध कारणले पनि सहरमा अहिले स्वस्थ सास फेर्न गाह्रो छ । विशेषत: कामकाजी महिला, बालबालिका, घरपरिवार, आफ्नो व्यवसाय एवं करियर बनाउने ध्याउन्नमा अघि बढेकाहरू दोहोरो–तेहेरो मारमा छन् तसर्थ उनीहरूका लागि सवारी साधनको महत्व अग्रस्थानमा छ । सहरको धूलो–धूवाँयुक्त वातावरणमा कारको विकल्प नभएको सौन्दर्यकर्मी मञ्जु कार्कीको बुझाइ छ । कार्की भन्छिन्–मोटर चढ्नु महिलाका लागि शो–अप होइन व्यस्त एवं प्रोफेसनल महिलाका लागि आवश्यकता नै भैसकेको छ ।’
हिजोसम्म घरको खुत्रुके वा बाक्सामा पैसा कोचेर राख्नेहरू आज बैंकबाट कर्जा लिएर भए पनि सवारी साधनमा लगानी गर्न थालेको कार्कीको अनुभव छ । मारुती सुजुकी ब्रान्डका कार मन पराउने निशु पाण्डे भन्छिन्–सञ्चार माध्यमका कारण मात्र होइन छुट्टी मनाउन, पढ्न वा कामको सिलसिलामा विदेश जाने क्रम वृद्धि भएका कारण पनि मानिसको सोच बदलिएको हो । विदेश बसाइ र निरन्तर विदेश भ्रमणमा जानेहरू पैसाको सही परिचालन गर्न तथा त्यसको उपयोग गर्न खप्पिस भैसकेका छन् । सहज बैंकिङ र फाइनान्स तथा महिलामा आएको व्यावसायिक क्रान्ति आदिका कारणले नेपालमा मोटर हाँक्ने महिलाको कमी छैन । दुई–चार वर्षअघिसम्म मात्र पनि पुरुषले मात्र हाँक्ने मोटरको स्टेयरिङमा आज महिला हात पनि उत्तिकै सक्रिय छन् ।
कर्पोरेट, बैंक, वित्तीय संघसंस्था, निजामती एवं कूटनीतिक नियोग तथा एनजिओ–आइएनजिओ आदिमा कार्यरत महिला मोटर चढ्नेमा अग्रपंक्तिमा छन् । मानव अधिकारका क्षेत्रमा कार्यरत साधनाका अनुसार मोटरले महिलाको शान मात्र बढाएको छैन समय व्यवस्थापनमा समेत सघाएको छ । सम्भवत: यिनै कारणले गाडी उत्पादन कम्पनीहरू पनि महिला लक्षित सवारी साधनमा केन्द्रित छन् । चिटिक्क परेका, साना, वुमन फ्रेन्डली रंग तथा डिजाइनका कारण सहरका सडकमा गुड्ने यस्ता गाडी लोभलाग्दा रूपमा प्रस्तुत हुन्छन् ।
जिओ अटोमोबाइल्सले फोर्डका गाडी बिक्री गर्न थालेको वर्षौं भैसकेको छ । लक्जरी, फुलअप्सन तथा स्ट्यान्डर्ड गाडी निर्माणमा नाम कमाएको फोर्डका कारहरू एलिगेन्ट देखिनुका साथै सुविधायुक्त पनि छन् । वर्ष २०७०–७१ देखि नै सर्वाधिक बिक्री हुन सफल जिओ फोर्डको इको स्पोर्ट पनि धेरै नेपाली महिलाले रुचाएको बताउँदै कम्पनीका सेल्स म्यानेजर निरञ्जन रेग्मी भन्छन्–फोर्डका फिगो, क्लासिक, इको–स्पोर्ट महिलाले पनि अत्यन्त रुचाउने कार हुन् । भर्खरै नेपाल भित्रिएको फोर्डको एस्पायर पनि महिलाका लागि उपयुक्त कार हो ।
इको स्पोर्ट र एस्पायर बाहेक रेग्मीले उल्लेख गरेका सबै कार पेट्रोल र डिजेल दुवै भर्सनमा उपलब्ध छन् । स्टार्ट, सेमी र फुलअप्सनयुक्त यी गाडी आरामदायक, कम इन्धन खपत हुने र सुरक्षित भएको रेग्मी बताउँछन् । इन्धनको प्रकृति र सुविधा हेरी २२ लाख २५ हजारभन्दा माथि पर्ने फोर्डका विभिन्न मोडल तथा डिजाइनका गाडी सि–ग्रे, ब्ल्याक, ह्वाइट, रेड आदि रंगमा उपलब्ध छन् । २० देखि ३० प्रतिशत डाउनपेमेन्टमा फाइनान्सको सुविधा उपलब्ध हुने फोर्डका गाडीमा चाडपर्व लक्षित नगद छुट तथा अफरहरू पनि छन् । त्यति मात्र नभई पर्वका अवसरमा गाडी खरिद गर्नेहरूलाई थप विविध स्किम एवं विदेश घुमघामको अवसर प्रदान गर्ने लक्की ड्रमा समेत समावेश गरिन्छ ।
उच्च गुणस्तरीय, बलिया र भरपर्दा गाडीका रूपमा संसारभर छुट्टै इमेज बनाएको चेक रिपब्लिकका स्कोडाको उत्पादनलाई नेपालस्थित आधिकारिक विक्रेता बी.एम.डब्ल्यु. इन्टरप्राइजेजले बिक्री गर्दै आएको छ । यो कम्पनीबाट सर्वाधिक बिक्री भैरहेको र्यापिड नेपाली महिलाले निकै रुचाएको कार हो । १६ सय सिसीको फुल तथा सेमी अप्सन र्यापिडको मूल्य सुविधाका हिसाबले सुलभ भएको बी.एम.डब्ल्यु. इन्टरप्राइजेजका चिफ जनरल म्यानेजर सुरज मानन्धर बताउँछन् । स्कोडाका उत्पादन बलिया, विश्वासिला एवं लङ ड्राइभका लागि ग्राउन्ड क्लियरेन्सयुक्त भएको बताउँदै सुरज भन्छन्–चाडपर्वको अवसरमा हामीले थुप्रै योजना ल्याइरहेका छौं । यतिबेला गाडी खरिद गर्दा आम समयको तुलनामा क्रेताहरू बढी लाभान्वित हुन्छन् ।
लामो समयदेखि सुजुकीका गाडी बिक्री गर्दै आएको सिजी अटोमोबाइल्स महिलाका लागि सहज हुने अल्टो, वागनआर, सेलेरियो, स्विफ्ट, ग्रयान्ड भिटारा आदि गाडीमा विशेष केन्द्रित छ । पाटपुर्जा सरल एवं सुलभ मूल्यमा उपलब्ध हुनु सुजुकीका विशेषता हुन् । सिजी अटोमोबाइल्सकी इन्चार्ज अञ्जु श्रेष्ठ भन्छिन्–यो ब्रान्डका कार साना, चिटिक्क परेका तथा फेमिनाइन लुक्सका हुने भएकाले महिलाका लागि बढी उपयुक्त छन् । प्रोफेसनलहरूद्वारा अत्यन्त रुचाइएको सुजुकीका कार पनि पर्वका अवसरमा छुट एवं उपहारका साथ खरिद गर्न सकिन्छ ।
निशान कम्पनीको नेपालस्थित आधिकारिक विक्रेता दुगड ब्रदर्स एण्ड सन्स लामो समयदेखि हाइक्लासका गाडी बिक्री गर्दै आएको कम्पनी हो । यो कम्पनीको मार्च कार आकर्षणको केन्द्रबिन्दु भएको छ । सुरक्षाका लागि एयरब्याग, फराकिलो लेगस्पेस, तीव्र माइलेज निशानका उत्पादनको विशेषता भएको बताउँदै कम्पनीका सेल्स एक्ज्युकेटिभ अनिल गुरागाईं भन्छन्–निशानका मार्च, सन्नीजस्ता गाडी महिलाका लागि समेत उपयुक्त छन् । निशानले २० देखि ३० प्रतिशत डाउनपेमेन्टमा फाइनान्सको सुविधासहित सस्तो ब्याजमा गाडी बिक्री गर्दै आएको छ । निशानले दसंै–तिहारका लागि नगद छुट एवं अन्य उपहार योजना पनि अघि सारेको छ ।
भारतीय कम्पनी महिन्द्राको केयुभी पनि प्रोफेसनल महिलाहरूले निक्कै रुचाएको मोटर हो । हेर्दा हेभी देखिए पनि केयुभी चढ्ने महिलाहरू साना ह्याचब्याक वा सेडान चढ्न रुचाउँदैनन् । महिन्द्राको यो गाडी चढ्नेहरूको शान–पहिचान नै फरक देखिने बैंकर्स प्रीति बताउँछिन् । एक वर्षदेखि यही गाडी सवार प्रीतिले यसलाई लक्जरीभन्दा पनि आवश्यकताका रूपमा लिएकी छिन् ।