Successfully Copied

प्रभाको ‘फिलिंगो’

लेखक तथा साहित्यकार प्रभा बरालको औपन्यासिक कृति ‘फिलिंगो’ सार्वजनिक भएको छ ।

लेखक तथा साहित्यकार प्रभा बरालको औपन्यासिक कृति ‘फिलिंगो’ सार्वजनिक भएको छ । जापान र नेपाली भूमिको कथामा आधारित यो उपन्यासमा महिलाको आर्थिक सबलीकरण, स्वाभिमान र स्वतन्त्रतामार्फत चौतर्फी सशक्तीकरण सम्भव छ भन्ने कुरा दर्शाइएको छ । साथै, जापानी र नेपाली महिलाका मानवीय संवेदनाका प्रसंगहरू रोचक ढंगले प्रस्तुत गरिएको छ । जीवन आफ्ना लागि बाँच्नुपर्छ, साथै आफ्नो अस्तित्वको लडाइँ आफैं लड्नुपर्छ भन्ने चेतनामूलक सूचना सम्प्रेषण गर्न सफल ‘फिलिंगो’ पुँजीवादी अर्थव्यवस्था र पितृसत्ताको शोषणमा महिलाहरू कसरी चेपुवामा पर्छन् भन्ने आवाज उपन्यासले उठाएको लेखिका प्रभाले बताइन् । पैसाको पछाडि भौंतारिन बाध्य आप्रवासी नेपाली, शिक्षाको नाममा पढ्न जाने विद्यार्थी र सोही क्रममा भोग्न परेका संघर्षका कथाहरू पनि यो उपन्यासभित्र समाहित छन् । प्रभा भन्छिन्, ‘नेपाली महिला र युवायुवतीले जापानी भूमिमा गरेका कडा परिश्रमका अनेक किस्सालाई पनि मैले उपन्यासमा समेटेकी छु । विशेषतः पुँजीवादी अर्थव्यवस्था र महिलाका मानवीय संवेदनालाई हुबहु उतारेर मैले महिलाले आफ्नो जीवन र अस्तित्वका लागि आफैं लड्नुपर्छ त्यो पनि स्वतन्त्र रूपमा भन्ने सन्देश दिन खोजेकी हुँ ।’

 Image