नेतृत्वविकास र आयआर्जनमा अनिता
२९ वर्षीया उनी गाउँमै आम्दानीका स्रोतहरूको विकल्पको खोजी गर्ने र सामाजिक काममा रमाउँदै मनग्य आम्दानी गर्छिन् ।

गएको जनवरी ४ देखि ९ तारिख सम्म रसियामा संचालन भएको प्रतिभावान् बाल प्रतिभा छनौट तथा मुल्यांकन गर्ने उद्देश्यमा केन्द्रित अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘प्रिन्स एण्ड प्रिन्सेस अफ दि युनिभर्स २०१८’ मा नेपालको तर्फबाट सहभागिता जनाएकी मरिशा श्रेष्ठलाई प्रतियोगिताको टिन विधा अन्तर्गतको मुख्य उपाधि ‘योङ प्रिन्सेस् अफ दि यूनिभर्स २०१८’ मा सफलता प्राप्त भएको छ । युनिग्लोब कलेजमा अध्ययनरत १७ वर्षिया मरिशाले नेप्लीज काउन्सिलको आयोजनामा संचालन भएको लिटिल मिस वल्र्डमा नेपालको प्रतिनिधित्व गर्दै फाइनलिष्ट हुनुका साथै वेष्ट स्माइल अवार्डको समेत विजेता बनेकी छिन् ।
‘प्रिन्स एण्ड प्रिन्सेस् अफ युनिभर्स’ छैठौं संस्करणको फाइनल प्रतिस्पर्धा गत जनवरी ८ तारिखमा रसियास्थित मस्को होटल कोरस्टोनमा सम्पन्न भएको थियो । जसमा नेपालकी मरिशाले विभिन्न दश मुलुकका २७ जना प्रतिस्पर्धीहरु सित उपाधि दौडका लागि प्रतिस्पर्धा गरेकी थिइन् । यस अघि सो प्रतियोगिताको २०१७ को संस्करणमा नेपालबाट रक्षा थापाले सहभागिता जनाएकी थिइन् । उनले पनि टिन विधातर्फ योङ प्रिन्सेस् अफ द युनिभर्स २०१७ को उपाधि जितेकी थिइन् ।