अमेरिकाको वैज्ञानिक अनुसन्धानमा जमेकी डा. प्रेरणा
सन् २००२ मा हावर्ड विश्वविद्यालयकोे वैज्ञानिक अनुसन्धानका लागि सेल बायोलोजी ल्याबमा प्राप्त रिसर्च फेलोको अवसरले प्रेरणाको जीवनमा परिवर्तन ल्यायो ।
गत महिना मात्र स्वास्थ्य सचिवमा नियुक्त डा. किरण रेग्मी स्वास्थ्य सचिवका लागि एक मात्र उम्मेदवार थिइन् । उनी मन्त्रालयको स्वास्थ्य विशेषज्ञसमेत हुन् । रेग्मीको नियुक्तिसँगै नेपाल सरकारमा बहालवाला महिला सचिवको संख्या दुई पुगेको छ । डा। किरण राष्ट्रकवि माधवप्रसाद घिमिरेकी छोरी हुन् ।
पदभार ग्रहणका क्रममा आफूलाई सचिव नभनिदिन आग्रह गर्ने रेग्मीले आफू पहिले जसरी नै डा. किरणकै रूपमा चिनिन चाहने बताउँदै सरलताको परिचय दिएकी थिइन् । बाग्लुङबाट सेवा सुरु गरेकी रेग्मीले सुत्केरी भएको २५ दिनमै आफ्नो नवजात शिशुलाई छाडेर कर्मक्षेत्रमा खटिएको आफ्नो अनुभव सुनाइन् । संघीयतामा स्वास्थ्य संस्थाको पुनर्संरचना आफ्नो मुख्य काम भएको डा। रेग्मीको धारणा छ ।