छोरीहरूलाई उद्यममा लगानी खोज्न गाह्रो छ : अध्यक्ष खत्री
'एउटै घरमा छोराले उद्यम सुरु गर्छु भन्दा कति पैसा चाहिन्छ भन्ने सोध्ने अभिभावकले छोरीलाई त्यस्तो व्यवहार गर्दैनन् ।'
जीवनमा केही उपलब्धि हासिल गर्न सग्लो शरीर नै चाहिन्छ भन्ने छैन । हात, खुट्टा, आँखा वा कुनै अङ्ग खराब भए पनि मानिसले चाहेको कुरा प्राप्त गर्न सक्छन् । यसका लागि शरीर भन्दा ठूलो दृढ इच्छा र मेहनत चाहिन्छ ।
यस्तै दृढ इच्छा र मेहनतका बलमा उठेकी खेलाडी हुन्–निर्मला भण्डारी । उनी सहज हिँडडुल गर्न सक्दिनन् तर बास्केटबल खेल्न र गह्रौं भार उठाउन सक्छिन् किनभने उनको एउटा खुट्टा छैन । निर्मला ह्विलचियर, बास्केटबल तथा भारत्तोलनकी खेलाडी हुन् ।
एउटै खुट्टाका भरमा उनले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिइसकेकी छिन् । गोल्ड मेडलिस्ट भण्डारी चार पाङ्ग्रे स्कुटरमा नेपाल भ्रमणमा निस्केकी छिन् । गत महिना निस्केकी उनको भ्रमण मंसिर १४ मा पूरा हुनेछ ।
निर्मला ‘सोलो वुमन ट्राभल च्यालेन्ज’ मा भाग लिने पहिलो फरक क्षमता भएकी महिला पनि हुन् । नयाँ–नयाँ काम गर्न रुचाउने निर्मला भन्छिन्–‘फरक क्षमता, त्यसमाथि पनि महिला भएकीले सर्वप्रथम म आफूलाई प्रमाणित गर्न चाहन्छु ।’