Successfully Copied

छोरीहरूलाई उद्यममा लगानी खोज्न गाह्रो छ : अध्यक्ष खत्री

'एउटै घरमा छोराले उद्यम सुरु गर्छु भन्दा कति पैसा चाहिन्छ भन्ने सोध्ने अभिभावकले छोरीलाई त्यस्तो व्यवहार गर्दैनन् ।'

'एउटै घरमा छोराले उद्यम सुरु गर्छु भन्दा कति पैसा चाहिन्छ भन्ने सोध्ने अभिभावकले छोरीलाई त्यस्तो व्यवहार गर्दैनन् ।' नेपाल महिला उद्यमी महासंघकी अध्यक्ष निरु रायमाझी खत्रीले छोरीहरूलाई उद्यम गर्नका लागि लगानी खोज्न नै गाह्रो हुने गरेको बताएकी छिन् । कान्तिपुर पब्लिकेशनको सहप्रकाशन नारीले आयोजना गरेको 'निर्भीक नारी' को अन्तिम सत्र 'अवरोधहरू छिचोल्दै उडान' सत्रमा बोल्दै महिलालाई उद्यमशीलताका लागि आर्थिक सहयोग जुटाउन गाह्रो हुने बताएकी हुन् । उनले छोरीहरूलाई उद्यम सुरु गर्छु भन्दा घरबाट नै सकारात्मक प्रतिक्रिया नआउने बताइन् । उनले भनिन्, 'असमानता जन्मिँदाखेरी नै भेदभावको कुरा आइसकेको हुन्छ । पहिलो अवरोध घरबाटै आउँछ । छोरी १० देखि ५ बजेसम्मको काममा सुरक्षित हुन्छ भन्ने सुझाव दिइरहेका हुन्छन् ।’

उनले उद्यममा लगानी गर्छुभन्दा छोरा र छोरीलाई फरक व्यवहार गरिने बताइन् । उनले भनिन्, 'एउटै घरमा छोराले उद्यम सुरु गर्छु भन्दा कति पैसा चाहिन्छ भन्ने सोध्ने अभिभावकले छोरीलाई त्यस्तो व्यवहार गर्दैनन् ।' पितृसत्तात्मक समाजका कारण पनि विभेद भोग्नु परेको उनको भनाइ छ । उनले भनिन्, ‘यो हाम्रो पैतृक संस्कार पनि हो यो। छोरीलाई म उद्यम गर्छु भन्दा थुप्रै अप्ठ्यारा पर्छन् । लगानी कहाँबाट जुटाउने भन्ने नै समस्या हुन्छ ।’

उनले अगाडि भनिन् ‘आर्थिक सहयोग वा ऋणको कुरा गर्दा बैंकले पनि त्यति सहज रुपमा ऋण दिइरहेको पाइदैन । उनीहरु हत्तोसाहित गराइन्छन् । त्यस्तो झमेलाले उनीहरुलाई ऋण लिन पनि मनलाग्दैन । उनले यस्तै समस्याका कारण महिलाहरुलाई अधिकांश साना तथा मध्यम उद्यमहरु मात्र सञ्चालनमा सीमित छन् । ’ उनले संघमार्फत महिलाहरुलाई उद्यममा आकर्षित गर्न आर्थिक पहुँचकालागि सरकार, बैँक मा पटक पटक निरन्तर प्रयास गरिरहेको बताइन् । यति नीति नियम छ तर कार्यन्वयन भएको छैन । विभेद छ । ठूला व्यापारलाई दिने तर साना उद्योगलाई नदिने । कसरी यो समस्यालाई समाधान गर्ने भनेर विकल्प पनि खोज्दैछौँ ।

 Image