प्रेरणादायी पुष्पा
गोलकास्ट डटकमले सार्वजनिक गरेको सन् २०१० देखि २०१९ सम्मको प्रेरणादायी व्यक्तित्वमा नेपालकी समाजसेवी पुष्पा बस्नेत पहिलो नम्बरमा परेकी हुन् । उनी दशककै प्रेरणादायी व्यक्तित्व घोषित भएकी छिन् ।

नेसनल ज्योग्राफिकले सार्वजनिक गरेको ‘वर्षकै साहसी व्यक्ति’ (एड्भेन्चर अफ द इयर) को अवार्ड नेपाली धाविका मीरा राईले जितेकी छिन् ।
यस प्रतिस्पर्धामा अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा उत्कृष्ट काम गर्ने व्यक्तिहरूको नाम छनौट गरिन्छ । छनौटमा परेका व्यक्तिहरुलाई नेसनल ज्योग्राफिकको वेबसाइटमार्फत् भोट हाल्न मिल्ने ब्यबस्था थियो । सबैभन्दा बढी भोट ल्याउनेलाई वर्षको साहसिक व्यक्ति घोषणा गर्ने परम्परा छ ।
भोजपुर स्थायि घर भएकी मीरा किशोरी अवस्थामा माओवादी लडाकु थिइन् । माओवादी शान्ति प्रक्रियामा आएपछि सेना समायोजनका क्रममा उनी अयोग्य ठहरिएकी थिइन् । गत वर्ष फ्रान्समा आयोजित ८० किलोमिटरको विश्व म्याराथनमा पूर्व विजेतालाई पछि पार्दै उनले पहिलो स्थान हात पारेकी थिइन् ।