न्यायका लागि रबिनाको पहल
मानवअधिकार, लैंगिक समता, शान्ति र न्यायमा सबैको पहुँच, विधिको शासनलगायतका विषयमा नीति तथा कार्यक्रम तर्जुमा गर्ने, सरकार, सर्वोच्च अदातल, सुरक्षा निकायसँगको सहकार्यमा लोकतन्त्रलाई बलियो बनाउने काममा व्यस्त छु ।
विश्व खाद्य कार्यक्रमसंग निमडोमा
विश्वका सात सर्वोच्च शिखर चढ्न सफल निमडोमा शेर्पाको नेतृत्वमा गएको संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) को टोलीले दिगो विकासका १७ लक्ष्यमध्ये दोस्रो लक्ष्य ‘शून्य भोकमरी’ को प्रतिनिधित्व गर्ने झण्डा गोरखाको केरौंजामा फहराउन सफल भएको छ । उक्त कार्य ती लक्ष्यहरूमाथि विश्वको ध्यानाकर्षण गर्ने तथा पृथ्वीका सात अर्ब मानिससम्म ती लक्ष्य पुर्याउने यो अभियान भोकमरी अन्त्य गर्ने, खाद्य सुरक्षा गर्ने तथा दिगो कृषि प्रवद्र्धनमा केन्द्रित छ जसलाई कृषि विकास रणनीतिसहित नेपाल सरकारको नीतिमा पनि समावेश गरिएको छ ।
निमडोमाले भूकम्प प्रभावित केरौंजा पुग्न वर्षा, कुहिरो, विषम बाटो एवं कठिन उचाइ पार गर्नुपरेको थियो । शेर्पा भन्छिन्–‘म त्यहाा पुग्दा स्थानीय बासिन्दाहरू भूकम्पमा ज्यान गुमाएका आफन्तको दाहसंस्कार गर्न र ध्वस्त भएका घरका भग्नावशेषबाट बचेका सामान निकाल्न व्यस्त थिए ।’