पदमाको पहल: स्वतन्त्र तथा स्वयत्त शिक्षामा जोड
यही चैत्र ८ हुने भनिएको त्रिभुवन विश्वविद्यालय क्याम्पस कीर्तिपुरको स्ववियु निर्वाचनमा पहिलो पटक स्याङ्जामा जन्मिएकी पदमा भुसाल स्वतन्त्र रुपमा महिला सभापतिको उम्मेदवार बनेकी हुन ।

नेपाली फेसन डिजाइनरहरूका डिजाइन नेपालमा मात्र होइन संसारभर रुचाइन्छ । ११ वर्षदेखि फेसनको दुनियाँमा सक्रिय
डिजाइनरका रूपमा सुपरिचित सुषमा सिंह बलिउडमा पनि डिजाइनरका रूपमा स्थापित हुँदैछिन् । उनी अहिले बलिउडको निर्माणाधीन चलचित्र बेइमान लबकी नायिका सन्नी लियोनका लागि ड्रेस डिजाइन गर्दैछिन् । सुषमाले उक्त चलचित्रका लागि फर्मल तथा पार्टी वेयरहरू डिजाइन गरिरहेकी छिन् । सन्नी लियोनलाई एक बित्ता कपडा भए पुग्छ भन्ने कन्सेप्ट चिर्दै डिजाइनर सिंहले आफूले सन्नीका लागि पूरै शरीर ढाक्ने लेहेंगा तथा वानपिसहरू डिजाइन गरेको बताइन् । सिंहले आफ्नो डिजाइनमा ढाकाको कम्बिनेसन पनि प्रयोग गरेकी छिन् । सिंहले बलिउडका लागि गरेको डिजाइन कत्तिको रुचाइने हो त्यो त भविष्यले नै बताउला तर नेपाली फेसन डिजाइनरका लागि यो एउटा महत्वपूर्ण उपलब्धि हो ।