रोजिताको भिन्न रुप
वैज्ञानिक तथा अभिनेत्रीबाहेक उनी साहसी पर्वतारोही पनि हुन् । पहिलो महिला समावेशी टोलीमा प्रख्यात आरोही फूर्वा तेन्जिङ शेर्पालाई सरदार बनाउदैं रोजिता लगायत महिला पत्रकारको टोलीले सन् २०१८ मा विश्वको सर्वोच्च शिखरमा पाइला हाल्यो । रोजिता हालै चीन–पाकिस्तानको सिमामा अवस्थित मुज्ताघ आटाँ (७ हजार ५ सय

डिजाइनरका रूपमा सुपरिचित सुषमा सिंह बलिउडमा पनि डिजाइनरका रूपमा स्थापित हुँदैछिन् । उनी अहिले बलिउडको निर्माणाधीन चलचित्र बेइमान लबकी नायिका सन्नी लियोनका लागि ड्रेस डिजाइन गर्दैछिन् । सुषमाले उक्त चलचित्रका लागि फर्मल तथा पार्टी वेयरहरू डिजाइन गरिरहेकी छिन् । सन्नी लियोनलाई एक बित्ता कपडा भए पुग्छ भन्ने कन्सेप्ट चिर्दै डिजाइनर सिंहले आफूले सन्नीका लागि पूरै शरीर ढाक्ने लेहेंगा तथा वानपिसहरू डिजाइन गरेको बताइन् । सिंहले आफ्नो डिजाइनमा ढाकाको कम्बिनेसन पनि प्रयोग गरेकी छिन् । सिंहले बलिउडका लागि गरेको डिजाइन कत्तिको रुचाइने हो त्यो त भविष्यले नै बताउला तर नेपाली फेसन डिजाइनरका लागि यो एउटा महत्वपूर्ण उपलब्धि हो ।