जाडोमा ओठको सुरक्षा
गुलाफका ताजा पातहरूलाई पिँधेर त्यसमा ग्लिसरिन मिसाउनुस् र लिपस्टिकको साटो ओठमा यो लगाउन थाल्नुस् । यसो गर्दा ओठ फाटेको सही हुन्छ र त्यो सुन्दर पनि हुन्छ ।
तेजपात जहाँ पनि पाइने वनस्पति हो । तेजपातको गन्ध भएको ठाउँमा साङ्ला आउँदैन । साङ्ला धेरै बस्ने स्थानमा तेजपात राखिदिनुपर्छ । यसको बास्ना धेरै दिनसम्म नरहने हुँदा समय–समयमा परिर्वतन गरिरहनुपर्छ ।
सोडाले साङ्ला मर्छ भने चिनीमा साङ्ला झुम्मिन्छ । त्यसैले यी दुईलाई एक ठाउँमा राख्नु उपयुक्त हुन्छ । गुलियो चिनी खान आउँदा सोडाका कारण साङ्ला मर्छ ।
साङ्लाका लागि ओसिलो स्थान सार्है उपयुक्त मानिन्छ । त्यसकारण ओसिलो स्थानलाई सुख्खा बनाउनुपर्छ ।