उपयोगी रोजमेरी
- यसलाई चियापत्ती, जडिबुटी तथा तरकारीमा मसलाका रूपमा समेत प्रयोग गर्न सकिन्छ । - यसले रक्तसंचार बढाउनुका साथै लिभरसम्बन्धी रोगविरुद्ध प्रतिरोधात्मक क्षमता विकास गर्छ ।![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2018/miscellaneous/Rogmeri-21082018114721.jpg&w=1000&height=600)
![](https://nari-assets-api.ekantipur.com/thumb.php?src=https://nari-assets-cdn.ekantipur.com/uploads/source/news/2018/miscellaneous/Rogmeri-21082018114721.jpg&w=1000&height=600)
जाडो मौसममा शरीर सुख्खा हुने हुँदा ओठ पनि फुट्न सक्छ । ओठ शरीरको संवेदनशील अंग हो र यसलाई विशेष स्याहार गर्नुपर्छ । ओठ फूटेका बेला जिब्रोले ओठ नरम बनाउने धेरैको बानी हुन्छ । अझ कतिपयको बानी ओठको मृत छालालाई दातले हटाउने बानी हुन्छ । यस्तो बानीले ओठलाई रुखो र मृत बनाउछ ।
घाममा निस्कादा ओठमा चिपिस्टिक लगाएर निस्कनु पर्छ । ओठमा सिबेसियस ग्ल्यान्ड र हेयर फोलिकल नहुने भएकाले शरीरको अन्य भाग जस्तो गरी यो नरम रहन पाउँदैन । अनि ओठमा मेलेनिन पनि हुँदैन । छालाका अन्य भागमा मेलेनिनले सूर्यको परावैजनी किरणबाट बचाउँछ तर ओठ बच्न पाउँदैन । त्यसैले घरबाहिर निस्कादा नरमपना कायम राख्ने र पोषण दिने चिजको प्रयोग गर्नु पर्छ ।
ओठको सुरक्षाका लागि
- चिसो मौसमा हाम्रो शरीरमा पनी कम हुन सक्छ । शरीरमा पानीको मात्रा कम हुँदा पनी ओठ फुट्छ । त्यसैले पानी प्रसस्त मात्रामा पिउनु पर्छ ।
- बिहानीपख वा राति सुत्दाखेरी नाइटोमा मनतातो तेल लगाएमा ओठलाई नरम बनाउन सकिन्छ ।
- जाडोमा ओठ फुट्दा दूधको तरमा बेसारको धूलो मिसाएर बिहानबेलुका हातले हलुका मालिश गर्दा पनि ओठ फुट्न पाउँदैन ।
- गुलाफका ताजा पातहरूलाई पिँधेर त्यसमा ग्लिसरिन मिसाउनुस् र लिपस्टिकको साटो ओठमा यो लगाउन थाल्नुस् । यसो गर्दा ओठ फाटेको सही हुन्छ र त्यो सुन्दर पनि हुन्छ ।
- दूधबाट निस्कने मक्खनमा केसर मिसाएर ओठमा लगाउँदा पनि ओठ गुलाफी र नरम हुन्छ ।
- दिनदिनै बिहानबेलुका बदामको तेल ओठमा लगाउँदा पनि ओठ फुट्न पाउँदैन र नरम रहन्छ ।
- घिउमा अलिकति नून मिसाएर ओठमा दल्ने गर्नुभयो भने पनि फुटेको ओठ सामान्य अवस्थामा फर्कन्छ ।