Successfully Copied

स्थानीय उत्पादनलाई प्राथमिकता

अग्लो डाँडामा भएकाले यहाँबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिन्छ । यहाँबाट १६ जिल्ला देखिने विश्वास गरिन्छ । चिसो वातावरण, हिमश्रृंखलाका दृश्य, अर्गानिक खाना, अझैं रातको समयमा देखिने दृश्यले त हरेकलाई लोभ्याउँछ ।

प्रतिष्टा थापा (सञ्चालक तथा निर्देशक, भ्यू ३६० रिसोर्ट, कालु पाण्डे दहचोक)
भ्यु ३६० रिसोर्ट कसरी पुग्ने ?
कलंकी चोकबाट करिब १० किमिको दूरीमा यो रिसोर्टसम्म आइपुग्न कालोपत्रे पिच सडक छ । आफ्नै प्राइभेट साधन छ भने २० मिनेट र नभएको खण्डमा कलंकी चोकबाट अटो पनि सजिलै पाइन्छ, ३० मिनेटमा सहजै यहाँ आइपुगिन्छ । त्यसो त हाम्रा पाहुनाका लागि हामीले यातायातको व्यवस्था पनि गरेका छौं ।
यहाँका विशेषता के हुन् ?
अग्लो डाँडामा भएकाले यहाँबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिन्छ । यहाँबाट १६ जिल्ला देखिने विश्वास गरिन्छ । चिसो वातावरण, हिमश्रृंखलाका दृश्य, अर्गानिक खाना, अझैं रातको समयमा देखिने दृश्यले त हरेकलाई लोभ्याउँछ । यतिमात्रै नभएर वर्ड वाचिङ, हाइकिङ, स्विइङले धेरैलाई आकर्षित गरेको छ । यहाँस्थित इन्द्रदह, कालु पाण्डे समाधि, दहचोक भ्युटावर, विन्धवासिनी मन्दिर, बद्रीनारायण धाम यहाँका मूल विशेषता हुन् । दसैंमा गोरखाबाट ल्याइएको फूलपाती बिसाउने कोतघर पनि यहीँ छ । यहाँ ल्याएपछि मात्रै वसन्तपुर लैजाने प्रचलन छ । यो अग्लो ठाउँबाट काठमाडौं, ललितपुर, भक्तपुर देखिने भएकाले उनले यहीँ बसेर सबैतिरको गतिविधि नियाल्ने गरेको इतिहासमा उल्लेख छ ।
यहाँ के–कस्ता सुविधा उपलब्ध छन् ?
बस्नका लागि हामीसँग १४ वटा कोठा छन् । सेमिनारका लागि ७० जना अट्ने कन्फेरेन्स हल र मिटिङका लागि २० जना अट्ने मिटिङ हल उपलब्ध छन् । प्रशस्त पार्किङको सुविधा, स्थानीय बारीमा फलेका अर्गानिक तरकारीबाट बनाइने परिकार, प्रेम र अपनत्वले भरिएको स्वागत सत्कारले हाम्रा पाहुना खुसी छन् ।

यहाँको सिग्नेचर डिस के हो ?
अर्गानिक नेपाली थाली, झानेको म:म, पोर्क तावा, ५ जनाका लागि लोकल भालेको प्याकेज हाम्रा सिग्नेचर डिस हुन् । हामी लोकल कुखुरा र ढिंडो पनि सर्भ गर्छौं जुन पाहुना आफैंले लोकल कुखुरा काट्न सक्नुहुन्छ । त्यसबाहेक इन्डियन, कन्टिनेन्टल खाना पनि यहाँ उपलब्ध छन् । हामी बेलाबखत पर्व स्पेशल छुट र अफर ल्याइरहेका हुन्छौं ।
पर्यटन क्षेत्रमा तपाईंहरूको योगदान के हो ?
यो हेरिटेजको सय नम्बरभित्रै परेको ठाउँ हो । स्वदेशी–विदेशी पर्यटक बाक्लै आउँछन् । हामीकहाँ दुई दर्जनले रोजगारी पाइरहेका छन् । यहाँको स्थानीय बजार वृद्धि भएको छ । स्थानीयस्तरमा उत्पादित सामग्री हामीले खरिद गरिदिने हुनाले यहाँका स्थानीयले पनि काम पाइरहेका छन् । 

 Image