हामी नेपालीहरूको मासिक आय २० देखि ५० हजारको हाराहारीमा हुन्छ । यस्तो स्थितिमा आफ्नो सबै खर्च कटाएर बचत गर्न निकै कठिन हुन्छ । अहिलेको महँगो परिस्थितिमा यति तलब वा आयले आफ्नो जीवन अघि बढाउन निकै कठिन छ । त्यसैले आफ्नो आय हेरी खर्च गर्नुपर्छ । बिलासिताका सामग्रीहरूलाई पन्छाएर आवश्यक मात्रामा खर्च गरी केही रकम बचत गर्नुपर्छ ।
लगानीको रणनीति
![](http://assets-cdn.ekantipur.com/images/third-party/miscellaneous/salary-02012017044230.jpg)
- महिनामा २० देखि ५० हजार कमाउने जोकोहीले आफ्नो भविष्यलाई ध्यानमा राखी कम खर्च गर्नुपर्छ । वर्ष बित्दै जाँदा आफ्नो बचतको मूल्य बढाउनुपर्छ । प्रत्येक वर्ष आम्दानीअनुसार आफ्नो बचतको रकम बढाउनुपर्छ ।
- लगानी गर्दा तीन कुरामा ध्यान दिनुपर्छ । ब्याजसहित मूल धन कहिले प्राप्त हुन्छ ? आफूलाई आवश्यक परेका बेलामा प्राप्त गर्न सकिन्छ कि सकिँदैन ? यकिन गर्नुपर्छ ।
- लगानीको जोखिम उठाउने स्थिति छ कि छैन ? यकिन गर्नुपर्छ । साथै आफ्नो धनराशिको कर तिर्न सकिन्छ कि सकिँदैन ध्यान पुर्याउनु पर्छ त्यो पनि यकिन गर्नुपर्छ ।
- अवकाश प्राप्त जीवनका लागि विभिन्न म्युचल फन्डमा लगानी गर्न सकिन्छ ।
- आफ्नो आयलाई सानो क्षेत्रमा पनि लगानी गर्न सकिन्छ । विभिन्न चल–अचल सम्पत्ति तथा शेयरमा लगानी गर्न सकिन्छ ।
सावधानी
अनावश्यक खर्च कटौती गर्नुपर्छ । एक–एक पैसाको हिसाब राख्नुपर्छ । स–साना कुरामा ध्यान दिएर आफ्नो बचत बढाउन सकिन्छ । आफ्नो आय सीमित हुँदा कहिलेकाहीँ विशेष कामले साथीभाइसँग ऋण लिनुपर्ने हुन सक्छ । आफूले चिनेका मानिससँग ऋण लिनु राम्रो हो तर भरसक ब्याजमा पैसा लिनु हुँदैन ।
आर्थिक क्षेत्रका बारेमा राम्रोसँग जानकारी लिनुपर्छ । यसो गर्दा मुनाफा प्राप्त गर्न सजिलो हुन्छ ।
आफ्नो लक्ष्यलाई प्राथमिकतामा राख्नुपर्छ । क्रेडिट कार्ड बढी प्रयोग गर्नुहुँदैन । मासिक आय ३६ हजारदेखि ४५ हजार हुनेहरूका लागि यो आय वर्गका मानिसहरूको आय स्थिति लोअर मिडिल क्लासभन्दा केही राम्रो हुन्छ । उनीहरूले लगानीका विषयमा संवेदनशील भएर सावधानीका साथ अघि बढ्नुपर्छ ।
लगानी रणनीति
![](http://assets-cdn.ekantipur.com/images/third-party/miscellaneous/new-notes-02012017044111.jpg)
- यति आय हुनेहरूले आफ्नो आयलाई फिक्स्ड डिपोजिटमा राख्ने वा अरू कुनै बचतको विकल्पमा जानुपर्छ ।
- दीर्घकालीन लगानीका लागि म्युचुअल फन्ड उपयोगी हुन्छ ।
- कर बचतको योजना अवलम्बन गर्नुपर्छ ।
- दीर्घकालीन लगानीका लागि घरजग्गा, शेयर तथा सुनमा लगानी गर्न सकिन्छ ।
सावधानी
लगानी गर्नुभन्दा पहिले आफ्ना आवश्यकतामा ध्यान दिनुपर्छ । यसो गर्दा आफ्नो पैसा कहाँ तथा कतिबेला लगाउने जानकारी प्राप्त गर्न सकिन्छ । अरूबाट उधारो पैसा लिने बानी हटाउनुपर्छ ।
कतै लगानी गर्दा पोस्ट ट्याक्स रिटर्नलाई ध्यानमा राख्नुपर्छ । बिमालाई लगानीको विकल्प मान्नु हुँदैन ।