छालाको हेरचाह
चाडपर्वमा सबैलाई राम्री देखिने रहर हुन्छ । तीज आदि चाडपर्वमा त शृंगारको अझै महत्व हुन्छ । तर कोरोनाका कारण भीडभाडमा जान नसकिने भएकाले सकेसम्म घरमै मेकअपको व्यवस्था गर्नु उचित हुन्छ ।

केशको स्याहार
–समयमा खाना खाने बानी बसाउनुपर्छ ।
–खानामा अत्यधिक प्रोटिन हुनुपर्छ, जस्तो कि दूध, अण्डाको सेतो भाग, मासु, दाल आदि ।
–हरिया सागसब्जी, फलफूल तथा सलादको सेवन अत्यधिक गर्नुपर्छ ।
यदि ५० देखि १ सय ५० वटा केश दैनिक रूपमा झरिरहेको छ भने :
–एकदिनमा ३ कप दूध पिउनुपर्छ ।
–भिटामिनका ट्याब्लेट खानुपर्छ ।
–धेरै नै केश झर्न थालेपछि चिकित्सकको सल्लाह लिनुपर्छ ।
केशको रुखोपनका कारण
–केशमा प्राय: तेल लगाइरहनाले
–सही स्याम्पु प्रयोग नगर्नाले
–केशको जरामै रुखोपन हुनाले
–धूलो तथा प्रदूषणका कारण
–तनाव तथा कामको बोझका कारण
उपचार
–धूलो तथा माटोबाट केशलाई सकेसम्म बचाउने
–सही स्याम्पु प्रयोग गर्ने
–हप्तामा दुईपटक केश धुने
केशमा तेलको प्रयोग धुनुभन्दा दुई घन्टाअघि मात्र गर्ने
यदि दुईदेखि तीन हप्तामा चायाँ गएन भने
–एन्टी डेन्ड्रफ स्याम्पु हप्तामा दुईपटक प्रयोग गर्ने । यसबाट एक महिनामै चायाँ नियन्त्रणमा आउँछ । त्यसपछि हप्तामा एकपटक यसको प्रयोग गर्ने ।
–सनफ्लावर तेल तथा ओलिव आयल हप्तामा दुईपटक राति सुत्नुअघि केशको जरामा लगाउने र भोलिपल्ट स्याम्पु लगाएर धुने ।