विश्वमा करिब ३५ सयभन्दा बढी प्रजातिका सर्प पाइन्छन् । तीमध्ये ३०० प्रजाति मात्र विषालु हुन्छन् । नेपालमा करिब ७९ देखि ८२ प्रजातिका सर्पमध्ये १८ प्रजातिकासर्प मात्र विषालु मानिन्छ । किङ कोब्रा, गोमन, करेत, भाइपरका प्रजाति नेपालमा पाइने विषालु सर्प हुन् । सन् २०२२मा स्टन्ट नेपालले गरेको अध्ययनमा बर्षमा करिब ३७ हजार सर्पको डसाइ मध्ये ३ हजारको मृत्यु हुने देखाएको छ । नेपालका २६ जिल्ला सर्प डसाइबाट प्रभावित छन् ।
सर्पले किन डस्छ?
सर्पले मानिसलाई खोजी–खोजी डस्दैन् । सर्प सकभर मानिसबाट भाग्न खोज्छ । उसले आफ्नो बचाउका लागि मात्र आक्रमण गर्ने हो । सर्पको मुख्य आहारा मानिस वा मानिसको रगत होइन । भ्यागुता, मुसा, कीराफट्यांग्रा मुख्य आहार हुन् । जब मानिसले सर्प बसेको ठाउँमा झुक्किएर चलाउन पुग्छन्, तब उनले प्रतिरक्षास्वरूप आक्रमण गर्ने हुन् ।
सर्पले डसेमा के गर्ने ?
सर्पले डस्यो भने धेरैजसो आत्तिने÷डराउने गर्छन् । सर्पले डस्दैमा मरिन्छ नै भन्ने हुँदैन । सर्पको डसाइलाई तीन प्रकारमा विभाजन गरिएको हुन्छ । पहिलो, सर्पले डस्छ तर विष छोड्न भ्याइसकेको हु“दैन । यसलाई सुख्खा डसाइ भनिन्छ । यसले कुनै असर गर्दैन । तर अस्पताल भने जानुपर्छ । अर्को, डसेर विष छोड्छ भने कहिलेकाहीँ ‘मल्टिपल बाइट’ अर्थात् दुईपटक विष छोड्छ ।
सर्पले डसिहालेमा आत्तिनु हुँदैन, बिरामीलाई सान्त्वना दिनुपर्छ । धेरैजसो सर्पको डसाइमा गलत प्राथमिक उपचार गरेर बिरामीको ज्यान जाने गरेको छ । डसेको भागलाई हलचल नगराई पट्टी बा“ध्नुपर्छ । तर कसिलो हुनुहुँदैन । त्यसपछि बिरामीलाई जतिसक्दो चा“डो सर्पदंश उपचार केन्द्रमा पु¥याउनुपर्छ । सर्पले डसेको ठाउँमा बाँध्ने वा चुसेर विष फाल्ने वा धामीझा“क्रीकोमा लैजाने गरी समय खेर फाल्नुहुँदैन ।
यसकोे उपचार कसरी गरिन्छ ?
‘एन्टिभेनम’ सर्पको डसाइको एकमात्र उपचार पद्धति हो । तर सबै सर्पको डसाइमा स्नेक एन्टिभेनम ‘प्रतिविष’ को आवश्यकता पर्छ भन्ने हुँदैन । सर्पले डस्यो भन्दैमा ‘एन्टिभेनम’ दिइहाल्न मिल्दैन, यसले उल्टो असर गर्छ । लक्षणहरू हेरेर सोहीअनुरूप दिनुपर्छ ।
सर्पको डसाइबाट कसरी जोगिने ?
यतिबेला तराईका अधिकांश भागमा सर्प डसाइको जोखिम हुन्छ । यसबाट बच्नका लागि सर्पलाई जथाभावी समात्ने वा जिस्काउने÷छुने गर्नुहुँदैन । घर वरिपरि सर्पहरू बस्न सक्ने सम्भावित ठाउँहरू सफा गर्ने । घरको वरिपरि दूला भए तुरुन्त टालिहाल्नुपर्छ । खेतबारीमा काम गर्दा हातमा पञ्जा लगाउनुपर्छ । घरभित्र मुसा छिर्न दिनुहुँदैन । कुखुरा, हाँस, परेवा आदिको खोर घरभित्र बनाउनुहुँदैन । आफ्नो क्षेत्रमा पाइने सर्पहरूबारे सामान्य जानकारी राख्नुपर्छ ।
‘सर्प बचाऔं, प्रकृति जोगाऔं’ अभियानको मुख्य उद्देश्य के हो ?
पृथ्वीमा मानिसभन्दा पहिले सर्प अस्तित्वमा आएको जीवविज्ञानले भनेको छ । यसको अर्थ, पृथ्वीमा हाम्रो जत्तिकै हक सर्पको पनि छ । सर्पकामुख्य आहार मुसा, भ्यागुता हुन् । यिनले बालीनाली जोगाउने भएकाले ‘किसानको साथी’ पनि भन्ने गरिएको छ । सर्पको विष नै सर्प डसाइको औषधि बनाउन प्रयोग गरिन्छ । साथै अन्य धेरै प्रकारका औषधिमा पनि सर्पको विष प्रयोग गरिन्छ ।
(सर्प विशेषज्ञ सापकोटासँग सुजाता मुखियाले गरेको कुराकानीमा आधारीत)