Successfully Copied

परिवार नियोजनका  साधन प्रयोग गर्दा ध्यान दिनुपर्ने कुरा

कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा तालिमप्राप्त स्वास्थ्यकर्मीसँग सल्लाह गरेर मात्र प्रयोग गर्नुपर्छ । 

    यसमा उमेरलाई ध्यान राख्नुपर्छ, किनभने ३५ वर्षभन्दा बढी उमेरका महिलाले पिल्स चक्की खान हुँदैन ।

    कारण नखुलेको रक्तस्राव भएका बेला कुनै पनि अस्थायी साधन प्रयोग गर्नु हुँदैन ।

    मधुमेह, उच्च रक्तचाप, मुटुरोगी, उच्च कोलेस्ट्रोल भएका बिरामीले पिल्स चक्की प्रयोग गर्नु हुँदैन । 

    मोटोपना भएका महिलालाई भिडियो एक्सरे गरेर मात्र डिपो, इम्प्लान्टजस्ता साधन प्रयोग गर्नुपर्छ । 

    स्त्री यौनाङ्गमा संक्रमण तथा यौनरोग लागेको महिलाले कपर–टी प्रयोग गर्नु हुँदैन । 

    कुनै पनि परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्दा तालिमप्राप्त स्वास्थ्यकर्मीसँग सल्लाह गरेर मात्र प्रयोग गर्नुपर्छ । 

 आकस्मिक गर्भनिरोधका साधनलाई पनि अस्थायी साधन मानेर प्रयोग गर्नु हुँदैन । यसले नि:सन्तान हुने सम्भावना बढाउँछ । 

 Image