Successfully Copied

केश स्वस्थ राख्ने उपाय

सम्भव भएसम्म क्लिङ आइरन, फ्ल्याट आइरन, ब्लो ड्रायर तथा हट रोलर्सको प्रयोगबाट जोगिनुपर्छ । यस्ता प्रसाधनको अधिक प्रयोगले केशमा हानि पुग्छ । केशमा लगाएर अलग–अलग स्टाइल प्रयोग गर्नुभन्दा त्यसलाई प्राकृतिक स्वरूपमा छोड्नु फाइदाजनक हुन्छ ।

कन्डिसनिङका लागि : केशलाई सबैभन्दा बढी मोइस्चरको आवश्यकता हुन्छ । यसको अर्थ महँगो हेयर मास्क वा डिप कन्डिसनिङ नै गर्नुपर्छ भन्ने होइन । राम्रोसँग हेरचाह गर्ने हो भने कम खर्चमै पनि केशको चमक कायम राख्न वा कन्डिसनिङ गर्न सकिन्छ । २–३ चम्चा बियरलाई रातभरि गिलासमा राख्ने । भोलिपल्ट बिहान केश धोएपछि पानीमा उक्त बियर हालेर केशमा प्रयोग गर्ने । यो राम्रो कन्डिसनर हो र यसबाट केशले चमक प्राप्त गर्छ । यसबाहेक तोरीको तेलको केही थोपा भिजेको केशमा हालेर धुँदा केश नरम तथा रेशमी देखिन्छ ।

स्याम्पुको बचत : स्याम्पुलाई लामो समयसम्म प्रयोग गर्न स्याम्पुको नयाँ बोतलका साथमा एउटा खाली बोतल पनि राख्नुपर्छ । केश धुँदा चाहिने जति स्याम्पु खाली बोतलमा खन्याउने र थोरै पानी हालेर राम्रोसँग हल्लाउने । यसलाई केश धुन प्रयोग गर्ने । यसबाट केश राम्रोसँग चाँडै धुन सकिन्छ भने स्याम्पुको बचतसमेत हुन्छ ।

घरमै कलरिङ : केश हाइलाइट गर्न घरमै कलर गर्नुपर्छ । यसका लागि सेमी पर्मानेन्ट हेयर कलर छनोट गर्नुपर्छ र पुन: टचअप दिनुपर्छ ।

महको प्रयोग : मह केशका लागि प्राकृतिक वरदान हो । बाल्टिनको पानीमा दुई चम्चा मह मिसाएर केशमा स्याम्पु गर्नु उपयुक्त हुन्छ । यसो गर्दा केश नरम तथा रेसमी रहन्छ ।

स्टाइलिङ प्रोडक्टबाट जोगिने : सम्भव भएसम्म क्लिङ आइरन, फ्ल्याट आइरन, ब्लो ड्रायर तथा हट रोलर्सको प्रयोगबाट जोगिनुपर्छ । यस्ता प्रसाधनको अधिक प्रयोगले केशमा हानि पुग्छ । केशमा लगाएर अलग–अलग स्टाइल प्रयोग गर्नुभन्दा त्यसलाई प्राकृतिक स्वरूपमा छोड्नु फाइदाजनक हुन्छ ।

सुहाउँदो हेयर स्टाइल : केशको टेक्सचर र अनुहारको आकारअनुसार हेयर स्टाइल छनोट गर्नुपर्छ । आफूले अपनाएको हेयर स्टाइलमा धेरै स्टाइलिङ प्रोडक्टको आवश्यकता पर्छ भने उक्त हेयर स्टाइल ठीक हुँदैन । त्यस्तो हेयर कट अपनाउनुपर्छ जसको स्टाइलमा कमभन्दा कम हेयर प्रोडक्ट्स प्रयोग गर्नुपरोस् ।

मेहन्दीको प्रयोग : बारम्बार केश कलर गराउँदा दिक्क लागे वा केशमा प्राकृतिक निखार ल्याउने चाहना छ भने मेहन्दी प्रयोग गर्न सकिन्छ । यसले केशको कन्डिसनिङ गर्नुका साथै केशलाई सुन्दर कलर प्रदान गर्छ ।

मिनेटमै केश मिलाउन : केश लामो छ र अल्झिने समस्या छ भने एक भाग कन्डिसनरमा १० भाग पानी मिसाएर एउटा स्प्रे बोतलमा राखी जब केश अल्झिन्छ, बोतलको मिश्रण स्प्रे गरी राम्रोसँग काइँयोले केश कोर्दा केश अल्झिने समस्या समाधान हुन्छ ।

अवसरमा ध्यान : कुनै पनि हेयर स्टाइल अपनाउनुपूर्व मौसममा ध्यान पुर्‍याउनुपर्छ । टाढा वा नजिक कता जाने हो राम्रोसँग बुझ्नुपर्छ । वर्षामा जुरो बनाउनु हुँदैन । मुस वा जेल प्रयोग गरेर सेट गरिएको छ भने पनि नरमपनका कारण केश कान्तिहीन देखिन्छ । अत: केही केश पछाडितर्फ हल्का पिनअप गरी बाँकी केश छोड्नु उपयुक्त हुन्छ । केश लामो छ भने रोलर्स प्रयोग गरी आउट कलर्स सेट गर्न सकिन्छ । लेयर्ड, बाउन्सी तथा सेमी लुक पनि आकर्षक हुन्छ ।

 Image