कान्तिपुर मिडिया ग्रुपले काठमाडौंमा बुधबार ‘कान्तिपुर ईकोनोमिक समिट २०२६’ आयोजना गरेको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुनुअघि आयोजित उक्त सम्मेलनमा नेपालका आर्थिक चुनौती, निजी क्षेत्रको भूमिका, लगानीमैत्री वातावरण, डिजिटल अर्थतन्त्र र सुशासनका विषयमा व्यापक छलफल गरिएको थियो ।
कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी बजेटमा डिजिटल अर्थतन्त्र, ई–गभर्नेन्स र सेवा प्रवाह सुधारलाई प्राथमिकता दिइने बताएका थिए । कार्यक्रममा डेभिड सिस्लेन, उद्योगी व्यवसायी, अर्थविद् तथा नीति निर्माताहरूको सहभागिता रहेको थियो । सहभागीहरूले आर्थिक विकासका लागि स्थिर नीति, निजी क्षेत्रको आत्मविश्वास र सरकार–निजी क्षेत्रबीचको सहकार्य आवश्यक रहेको बताएका छन् ।