भदौ ५ देखि काठमाडौंमा श्रृजनशील उद्यमी मेला आयोजना हुँदै
महिला उद्यमशीलता, घरेलु तथा हस्तकलाका सामग्रीको प्रवद्र्धन तथा तीज संस्कृतिको संरक्षण गर्ने उद्देश्यले २३ औं सफ्टी तीज फेस्टिभल तथा श्रृजनशील उद्यमी मेला २०८३ आयोजना हुने भएको छ ।
भरतपुरस्थित मनकामना हस्पिटलमा २७ वर्षीया देविका विष्टले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । जोखिमयुक्त मानिएको तिम्ल्याहा गर्भावस्थालाई मनकामना अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुवास श्रेष्ठको नेतृत्वमा डा. दीपकराज तिवारी, नवजात शिशु विभाग, ओटी स्टाफ तथा नर्सिङ टोलीको सक्रियतामा सफलतापूवर्क शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि जन्मिएका नवजात शिशुलाई अस्पतालको एनआईसियु विभागमा राखी प्रारम्भिक नर्सरी केयर तथा विशेष निगरानी प्रदान गरिएको थियो । वैशाख २८ गते अस्पताल भर्ना भएकी विष्टको शल्यक्रिया वैशाख २९ गते गरिएको थियो । जेष्ठ ४ गते विष्टलाई डिस्चार्ज गरिएको थियो ।