आईईसीको १४ औं इन्टेरियर डिजाइन प्रदर्शनी
प्रदर्शनमा कागजका सामान, स्मार्ट फर्निचर, सिनेम्याटिक थ्रिएटर , होटल, एलजिबिटीक्यु होमजस्ता आधुनिक वास्तुकला रहेका थिए ।
भरतपुरस्थित मनकामना हस्पिटलमा २७ वर्षीया देविका विष्टले तिम्ल्याहा सन्तानलाई जन्म दिएकी छिन् । जोखिमयुक्त मानिएको तिम्ल्याहा गर्भावस्थालाई मनकामना अस्पतालका वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुवास श्रेष्ठको नेतृत्वमा डा. दीपकराज तिवारी, नवजात शिशु विभाग, ओटी स्टाफ तथा नर्सिङ टोलीको सक्रियतामा सफलतापूवर्क शल्यक्रिया गरिएको थियो ।
शल्यक्रियापछि जन्मिएका नवजात शिशुलाई अस्पतालको एनआईसियु विभागमा राखी प्रारम्भिक नर्सरी केयर तथा विशेष निगरानी प्रदान गरिएको थियो । वैशाख २८ गते अस्पताल भर्ना भएकी विष्टको शल्यक्रिया वैशाख २९ गते गरिएको थियो । जेष्ठ ४ गते विष्टलाई डिस्चार्ज गरिएको थियो ।