Successfully Copied

भारतको म्याक्स अस्पतालमा नेपाली बिरामीको एड्भान्स्ड क्यान्सरको सफल उपचार

म्याक्स हेल्थकेयर भारतका अग्रणी स्वास्थ्य सेवा नेटवर्कमध्ये एक हो। यसले भारतभर २० अस्पतालमार्फत ३० भन्दा बढी विशेषज्ञतामा ५,२०० भन्दा बढी शैया र ५,००० भन्दा बढी चिकित्सकसहित विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।



भारतको नयाँ दिल्लीस्थित म्याक्स सुपर स्पेसियालिटी अस्पताल, वैशालीले दुई जना जटिल क्यान्सर रोगबाट पीडित नेपाली बिरामीमा सफल उपचार नतिजा हासिल गरेको जनाएको छ। अस्पतालका चिकित्सकहरूले काठमाडौामा आयोजित पत्रकार सम्मेलनमार्फत उपचारका विवरण सार्वजनिक गर्दै समयमै मूल्याङ्कन, बहु–विषयक उपचार रणनीति र समन्वित चिकित्सकीय सेवाले एड्भान्स्ड क्यान्सर नियन्त्रण सम्भव हुने बताएका छन्।
पहिलो घटनामा ७३ वर्षीया नेपाली महिलामा एड्भान्स्ड रेक्टल क्यान्सर (मलद्वारको क्यान्सर) पुष्टि भएको थियो। रक्तश्रावको लक्षण देखिएपछि गरिएको परीक्षणमा क्यान्सर आन्ऽाबाट बाहिर फैलिएको र नजिकका लिम्फ नोडसम्म पुगेको पाइएको अस्पतालले जनाएको छ। प्रारम्भमा किमोथेरापी र रेडियोथेरापी दिइए पनि अपेक्षित सुधार नआएपछि म्याक्स अस्पतालको बहु–विषयक चिकित्सक टोलीले उपचार योजना परिमार्जन गरेको थियो।
अस्पतालका अनुसार न्यूनतम आक्रामक प्रविधिबाट गरिएको शल्यक्रियामार्फत ट्युमर पूर्ण रूपमा हटाइएको पुष्टि भएको छ। उपचारपश्चात् अस्थायी रूपमा बनाइएको स्टोमा हटाइ बिरामीमा सामान्य मल नियन्त्रण पुन:स्थापित गरिएको जनाइएको छ।
दोस्रो घटनामा ६५ वर्षीय नेपाली पुरुषमा एड्भान्स्ड बाइल डक्ट क्यान्सर (पित्त नलीको क्यान्सर) पुष्टि भएको थियो। जन्डिस देखिएपछि गरिएको परीक्षणमा पित्त नलीमा क्यान्सर र कलेजोसम्म फैलावट भएको पाइएको अस्पतालले जनाएको छ। प्रारम्भिक चरणमा पित्त नलीको अवरोध हटाउने प्रक्रिया गरिएको र त्यसपछि किमोथेरापीमार्फत रोग नियन्त्रण गरी प्रमुख कलेजो शल्यक्रिया गरिएको बताइएको छ। शल्यक्रिया सफल भएको र पछिल्ला परीक्षणमा क्यान्सर पुन:देखिएको प्रमाण नपाइएको अस्पतालले जनाएको छ।
म्याक्स अस्पतालका प्रिन्सिपल डाइरेक्टर (ग्यास्ट्रोइन्टेस्टाइनल तथा हेपाटोप्यान्क्रियाटोबिलियरी सर्जिकल अनकोलोजी) डा. विवेक मंग्लाले जटिल क्यान्सर उपचारमा समन्वित दृष्टिकोणको महत्व औंल्याए। “एड्भान्स्ड क्यान्सरमा बिरामीलाई रोग नियन्त्रण र उपचारपछिको जीवनस्तरबारे ठूलो चिन्ता हुन्छ। समयमै मूल्याङ्कन, योजनाबद्ध रणनीति र बहु–विषयक विशेषज्ञ उपचारले जटिल क्यान्सर पनि प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ,” उनले भने।
यसै क्रममा म्याक्स अस्पतालको टोलीले काठमाडौामा निरन्तर चिकित्सकीय शिक्षा  कार्यक्रम पनि आयोजना गरेको थियो। कार्यक्रममा काठमाडौ र आसपासका ९० भन्दा बढी चिकित्सक तथा विशेषज्ञहरूको सहभागिता रहेको थियो। कार्यक्रममा जटिल अनकोलोजी केस, क्लिनिकल अनुभव र उत्कृष्ट अभ्यासबारे छलफल गरिएको अस्पतालले जनाएको छ।
अस्पतालले नेपाल–भारतबीच क्यान्सर उपचारमा ज्ञान आदान–प्रदान, शैक्षिक सहकार्य र क्षमता विकासलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ।
म्याक्स हेल्थकेयर भारतका अग्रणी स्वास्थ्य सेवा नेटवर्कमध्ये एक हो। यसले भारतभर २० अस्पतालमार्फत ३० भन्दा बढी विशेषज्ञतामा ५,२०० भन्दा बढी शैया र ५,००० भन्दा बढी चिकित्सकसहित विश्वस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।

 Image