राउटे महिलाको कष्टकर जीवनशैली
जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका महिलाको जनजीवन कष्टकर छ । उनीहरू वर्षाको चिसोमा पनि घरधन्दादेखि खानेकुराको जोहो गर्न गाउँबस्ती डुल्छन् ।

कान्तिपुर इकोनोमिट समिट २०२५ सम्पन्न भएको छ । समिटमा अर्थतन्त्रमाथि बहस भएको छ । अर्थमन्त्री विष्णु पौडेलले सरकार निजी क्षेत्रको मनोबल उकास्न लागिरहेको गरेका छन् । मन्त्री पौडेलले कानुनी तथा संरचनागत समस्याका कारण पुँजीगत खर्च बढ्न नसकेको बताए
कार्यक्रमको पहिलो सत्र ‘ठूला करदातासँग संवाद , अपेक्षा र अनुभव’ मा बोल्दै उद्योगी तथा बैंकरहरूले बहुराष्ट्रिय तथा विदेशी लगानीकर्ता मात्र नभई स्वदेशी पनि नेपालमा लगानी गर्ने आत्मविश्वास नभएको बताए ।
कार्यक्रमको दोस्रो सत्र ’अंक होइन, अर्थको खोजी’ मा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल र प्रविधि तथा वित्तिय क्षेत्रकी शोधकर्ता अमृता शर्माले निजी क्षेत्रले उठाउँदै आएका कुरा सरकारको नीति तथा कार्यक्रम र बजेटमा आउने गरे पनि कार्यान्वयन सुस्त रहेको बताएका थिए ।
पूर्वअर्थसचिव रामेश्वर खनाल र अर्थसचिव घनश्याम उपाध्यायले आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने बताए ।
वक्ताहरुले रोजगारी सिर्जना,निजी क्षेत्रको भरोशा र विश्वास जाग्ने गरी बजेट ल्याउनुपर्ने भन्दै वक्ताहरूले अर्थतन्त्रको वर्तमान अवस्था बदल्न सरकार, राजनीतिक दल र कर्मचारीतन्त्रको दृष्टिकोण बदल्नुपर्नेमा जोडदिए ।