रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड सम्पन्न
पप सम्राट ओमविक्रम विष्टलाई रेडियो कान्तिपुरले आयोजना गर्दै आएको प्रतिष्ठित अवार्ड ’नेसनल म्युजिक अवार्ड्स–२०८०’मा दीर्घ साधना सम्मान (लाइफ टाइम अचिभमेन्ट) प्रदान गरिएको छ ।
नेपालमा जेन जेडद्वारा सुरु गरिएको भ्रष्टाचारविरोधी अभियानलाई मिस विभा २०२५ जेसिका सिंहको समर्थनले थप बल मिलेको छ। आफ्नो आधिकारिक इन्स्टाग्राममार्फत उनले पारदर्शिता र जवाफदेहिताका लागि सडकमा उत्रिएका तथा सामाजिक सञ्जालमा अभियान चलाईरहेका युवाहरूसँग ऐक्यबद्धता जनाउँदै आफ्नो धारणा सार्वजनिक गरिन्। जेसिका सिंहले लेखिन्, “जेन जेडको आवाजका रूपमा म नेपालका युवाहरूसँग उभिएकी छु, जो अहिले भ्रष्टाचारविरुद्ध उठ्न थालेका छन्। हाम्रो अभियान केवल विरोध मात्र होइन—यो पारदर्शिता, न्याय र उज्ज्वल भविष्यको आन्दोलन हो। हामी नै परिवर्तन हौं, र हामीले सपना देखेको नेपाल हामीले नै निर्माण गर्नेछौं।” उनको सन्देश छोट्टै समयमा हजारौं युवाबीच फैलियो र भ्रष्टाचारमुक्त नेपालको लागि युवाको भूमिकाबारे व्यापक छलफल सुरु भयो। अनलाइन र अफलाइन दुवै माध्यमबाट अभियानमा सहभागी भइरहेका युवाहरूले प्रणालीगत सुधार र सुशासनको माग गर्दै आफ्नो दृढ संकल्प झन प्रष्ट पारेका छन्।