Successfully Copied

सिर्जनशील उद्यमी मेलाको आज अन्तिम दिन

महिला सिर्जनशील केन्द्रको आयोजनामा बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा महिला उद्यमी मेला सुरु भएको थियो । मेला साउन २५ गते (आज) सम्म चल्नेछ ।


महिला सिर्जनशील केन्द्रको आयोजनामा बालुवाटारस्थित आम्रपाली ब्याङ्क्वेटमा महिला उद्यमी मेला सुरु भएको थियो । मेला साउन २५ गते (आज) सम्म चल्नेछ । उद्योगमन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गरेका थिए ।
उद्घाटन गर्दै उनले यस मेलाले उद्यमी महिला तथा युवाहरूलाई व्यवसायमा प्रोत्साहन पुग्ने बताएका थिए । उनले आफूले उत्पादन गरेका सामग्रीहरूलाई ग्राहकसम्म पु¥याउन यस मेलाले सहयोग पुग्ने समेत बताएका थिए ।
महिलाहरूलाई सीपमा दक्ष बनाउँदै उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्नु र प्रविधिमैत्री वातावरण सिर्जना गरेर महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ मेला आयोजना गरिएको महिला सिर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाले बताएकी थिइन् ।


मेलामा लत्ताकपडा, कस्मेटिक, चुरा–पोते, गरगहना, विभिन्न परिकारलगायतका सामग्रीहरू राखिएका छन् ।

सिर्जनशील केन्द्रको प्रवद्र्धन, राइजिङ नेपाल प्रा.लिसँगको सहकार्य तथा इभेन्ट सञ्चार डटकमको व्यवस्थापनमा मेला सञ्चालन गरिएको हो । मेला १० हजारभन्दा बढीको संख्याले अवलोकन गरेका राइजिङ नेपाल प्रा.लिका प्रमुख पशुपति केसीले बताए ।

 Image