Successfully Copied

शान्ति सम्मानित

विश्व तेक्वान्दो हान्मादाङ प्रतियोगिता सन् २०२४ मा दक्षिण कोरियामा रहेकी शान्ति भण्डारीलाई नुवाकोट समाज दक्षिण कोरियाले सम्मान गरेको छ ।



लामो समय देखि युएईमा रहेर मध्यपूर्वकै पर्यटन क्षेत्रको पहिलो महिला डबल डेकर बस चालकका रूपमा स्थापित गरेकी शान्तिलाई नुवाकोट समाज दक्षिण कोरियाको वार्षिक उत्सवको अवसरमा आयोजना गरिएको वनभोज तथा भेटघाट कार्यक्रमको अवसर पारेर सम्मान गरेको हो ।
उक्त कार्यक्रममा नुवाकोट समाज दक्षिण कोरियाका अध्यक्ष बुद्धि बहादुर तामाङ र एनआरएनए एनसिसीका निवर्तमान सदस्य सोम वाइबा तामाङले सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
ओखलढुंगामा जन्मिएकी शान्तिले सन् २०१५ देखि युएईमा रहेर रोजगारीको सिलसिलामा ब्युटिसियनदेखि मध्यपूर्वमा हेभी बस चालक अनुमति प्राप्त गर्ने पहिलो नेपाली महिला बन्दै मध्यपूर्वकै पर्यटन क्षेत्रको पहिलो महिला डबल डेकर बस चालकका रूपमा आफूलाई स्थापित गरेकी हुन् ।

 Image