स्वस्तिमा खड्का बनिन् ‘फेस अफ कर्णाली याक्स’
नायिका स्वस्तिमा खड्का हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आवद्ध भएकी छिन् ।
युरो स्कुलले विद्यालयको आफ्नै कोषबाट ११ लाख रुपैयाँ बाढी राहतका लागि प्रदान गरेको हो। उक्त रकम निजी तथा आवासीय विद्यालय संगठन नेपाल (प्याब्सन) मार्फत हस्तान्तरण गरिएको छ। प्याब्सनले निजी विद्यालयबाट प्राप्त सहयोग रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने जनाएको छ। आर्थिक सहयोगसँगै युरो स्कुलका अभिभावक समुदायले पनि बाढी प्रभावित परिवारका लागि खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्री संकलन गरेका छन्। अभिभावकबाट संकलित एक ट्रक राहत सामग्री नेपाल आर्मी वाइभ्स एसोसिएसन लाई हस्तान्तरण गरिएको विद्यालयले जनाएको छ।
राहत सामग्री हस्तान्तरण कार्यक्रममा युरो स्कुलका कक्षा १० का विद्यार्थीसमेत सहभागी भएका थिए। विद्यालयका अनुसार यसले विद्यार्थीलाई विपद्को समयमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व, सेवाभाव तथा समुदायप्रतिको जिम्मेवारी प्रत्यक्ष रूपमा बुझ्ने अवसर प्रदान गरेको छ।