अस्कर कलेजद्वारा दोश्रो ‘युवा शर्ट फिल्म प्रतिस्पर्धा’ आहृवान, प्रथमलाई १ लाख
नेपालमा फिल्म पढाउने पहिलो कलेजको रूपमा स्थापित अस्कर इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज)ले दोश्रो ‘युवा शर्ट फिल्म प्रतिस्पर्धा’ आहृवान गरेको छ।
तीजलाई लक्षित गर्दै आजबाट २२ औं डाबर तीज फेस्टिभल तथा सिर्जनशील उद्यमी मेला सुरु भएको छ । उद्योगमन्त्री दामोदर भण्डारीले मेलाको उद्घाटन गरेका हुन् । उद्घाटन गर्दे उनले यस मेलाले उद्यमी महिला तथा युवाहरुलाई व्यवसायमा प्रोत्साहन पुग्ने बताए । उनले आफूले उत्पादन गरेका सामग्रीहरुलाई ग्राहकसम्म पु¥याउन यस मेलाले सहयोग पुग्ने बताए ।
महिलाहरूलाई सीपमा दक्ष बनाउँदै उद्यमशीलता र स्वरोजगारतर्फ प्रेरित गर्नु र प्रविधिमैत्री वातावरण सिर्जना गरेर महिलालाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको महिला सिर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाले बताइन् । उनले मेलामा युवाहरु पनि आकर्षित भएको बताइन् । उनले भनिन् ‘पहिलाको मेला भन्दा यो मेलामा युवाहरुको उपस्थिति राम्रो छ यसले युवाहरु पनि उद्यमशीलतामा अग्रसर छन् भन्ने देखाएको छ । ’
बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा सञ्चालन गरिएको मेलामा मेलामा लत्ताकपडा, कस्मेटिक, चुरापोते, गरगहना, विभिन्न परिकार लगायतका सामग्री रहेका छन् । सिर्जनशील केन्द्र प्रवद्र्धन तथा राइजिङ नेपाल प्रालिसँगको सहकार्य एवं इभेन्टसञ्चार डटकमको व्यवस्थापनमा मेला सञ्चालन गरिएको हो ।
मेलामा १ सय वटा स्टलहरु रहेको बताइएको छ । हरेका वर्ष हुने गरेको यो मेला साउन २५ गतेसम्म सञ्चालन हुनेछ ।