ऐना युनिसेक्स सलुनको वार्षिकोत्सव सम्पन्न
हेयर कट, कलर, केराटिन, स्ट्रेटको सुविधा रहेको छ । यसैगरी फेसियल, मेनिकेयर, पेडिकेयर, मेकअप, ब्राइडल प्याकेज लगायतका सेवा उपलब्ध रहेको जानकारी सञ्चालक खुशी पाठकले बताइन् ।
नायिका स्वस्तिमा खड्का हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सको स्वामित्वमा रहेको कर्णाली याक्समा ‘फेस अफ कर्णाली याक्स’ को रूपमा आवद्ध भएकी छिन् । नक्सालस्थित हिल्टन होटलमा पत्रकार सम्मेलनमा कर्णाली याक्सले आगामी नेपाल प्रिमियर लिग (एनपिएल) को लागि खड्कालाई आबद्ध गरेको जनायो । उनले कर्णाली प्रदेश फरक संस्कृति, रहनसहन र वातावरणसँगै क्रिकेटबाट पनि चर्चामा रहने बताएकी छिन् । उनले नेपाली क्रिकेट विश्वस्तरमा चिनिदै गएको बताइन् । ‘अहिले खेलकुदको माध्यमबाट हरेक राष्ट्रले आफूलाई चिनाउँदै गएका छन् । नेपालमा पनि क्रिकेटको प्रभाव बढ्दै गएको छ,’ उनले भनिन्, ‘कर्णाली याक्सले नेपाली क्रिकेटलाई विश्वमाझ पुर्याउने योजना ल्याएकाले कर्णाली याक्ससँग जोडिन पुगेको हो ।’ श्रीमान् निश्चल बस्नेत पनि कर्णाली प्रदेशकै भएकाले पनि कर्णाली याक्ससँग जोडिएको बताइन् । कार्यक्रममा कर्णाली याक्सको आफ्नो गीत सार्वजनिक गरेको थियो । गीतमा हिमालयन विल्डर्स एण्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनालको स्वर, सङ्गीत र शब्द छ ।